स्याङजा ३ भदौ । हरितालिका तीजको अवसर पारेर पुतलीबजार नगरपालिका १ स्थित लक्ष्मी स्मृति पुस्तकालयद्धारा संचालित स्याङ्जा रेडियो तथा टेलिभिजनले साताब्यापी तीज गाउने मेला मंगलबार (आज) देखि सुरु गरेको छ ।
मेलाको शुभारम्भ गर्दै पुस्तकालय, रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पोैडेलले मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले तीज मेलाको आयोजना गरिएको बताउनुभयो । तीजको ऐतिहासिक महत्वको चर्चा गर्दे अध्यक्ष पौडेलले हाम्रा कला र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो ।
मंगलबारदेखि सुरु भएको तीज गाउने मेलामा गाउँघरमा गाईने तीज भाकाका गीतलाई रेडियो तथा टेलिभिजन मार्फत प्रसारण गरेमा नयाँ पुस्ताले पनि लोककलाका बारेमा जानकारी पाउने उहाको भनाई थियो ।भड्किलो तीजलाई सामान्य तरिकाले मनाउने र कला, संस्कृतिको पनि संरक्षण गर्दै मौलिकपनको प्रचारप्रसार गराउने उदेश्यले यस संस्थाले सो अभियान सुरु गरेको हो ।
रेडियो तथा टेलिभिजनका सल्लाहकार एवं मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले तीज पर्व सबै नेपालीहरुको साझा पर्व बनेको र यसको मौलिकपनको संरक्षणमा लागि रेडियो तथा टेलिभिजनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाले आगामी दिनमा संचार क्षेत्रलाई आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सल्लाहकार सुरजकुमार अधिकारीले सदरमुकाममा रहेको संचारगृह जिल्लाकै नमूना भएको दावी गर्दै समय सापेक्ष आफना कार्यक्रम र सेवालाइ निरन्तरता दिन रेडियो तथा टेलिभिजन प्रभावकारी हुन्छ उहाले भन्नुभयोे ।
यसैगरी, लक्ष्मी स्मृति पुस्तकालय, स्याङ्जा रेडियो तथा टेलिभिजनका कोषाध्यक्ष चन्द्रमणी पौडेलले महिला तीजको महिमा सहित रेडियो टेलिभिजनका गतिबिधिका बारेमा जानकारी गराउनुभयो ।
लक्ष्मी स्मृति पुस्तकालयद्धारा संचालित स्याङ्जा रेडियो तथा टेलिभिजनका अध्यक्ष धुवबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्द्रेणी अधिकारीले स्वागत एवं सचिव बलराम दोरंगाले संचालन गर्नुभएको थियो ।
रेडियो तथा टेलिभिजनले मंगलबारदेखि सुरुगरेको तीज गीत मेला १० गतेसम्म संचालन गरिने भएको छ । आमा तथा दिदीबहीनीका समूहले स्याङ्जा रेडियो तथा टेलिभिजन कार्यालयमा आएर तीज गीत गाउन र कला तथा प्रतिभा देखाउन प्रमुख ब्यवस्थापक रमेश गोदारको अनुरोध छ ।
तीज गीत मेलामा गाइएका गीतलाइृ रेडियो, टेलिभिजन तथा यूटुव च्यानलबाट प्रसारण गरिने र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने र सहभागिताकालागि शुल्क नलाग्ने पनि उहाले जानकारी गराउनुभयो ।