स्याङजा ४ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा हिरा गाहामगर निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले निकट शिक्षक संगठनको १४ औं जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा २५ सदस्यिय जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बि पि पोखरेल र रिता शर्मा, सचिवमा खगेन्द्र पौडेल, कोषाध्यक्षमा रामचन्द्र पोखरेल, सहसचिवमा देवका न्यौपाने, सह कोषाध्यक्षमा दीपा न्यौपाने चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरुमा सरस्वती सुवेदी, रुद्रप्रसाद पौडेल, नवराज चापागाई, दीपक रेग्मी, दण्डपाणी बराल, दीपकप्रसाद सापकोटा, हेमन्त पोखरेल, केशब सिग्देल, शुशिलचन्द्र न्यौपाने, सुमन पौडेल, सुर्य भट्टराई, हरिप्रसाद भट्टराई, कृष्णप्रसाद पराजुली र सुमित्रा खड्का चयन हुनुभएको छ भने बाँकी मनोनयनगरि पूर्णता दिईने बताइएको छ ।