स्याङ्जा ११ भदौ । पुतलीबजार नगरपालिका –१३ मा तास खेलिरहेको ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ ९ गते सोमबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सो टोलीले प्रेमराज थापाको घरमा छापा मारेको थियो । प्रहरीले तास सहित ११ हजार २७० रुपैयाँ नगद समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा घरधनी प्रेमराज थापा, हिम प्रसाद सार्की, राजु थापा, सन्देश थापा (जलिन्द्र थापा) र राजु थापा (रोविन थापा) छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप भएको र प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।