स्याङ्जा २१ कात्तिक । नेवाः देय दबू जिल्ला कार्य समिति स्याङ्जाले सामुहिक वेल विबाह र स्याङ्जा सडक महोत्सव गर्ने भएको छ । आउदो माघ २६ देखि २८ गतेसम्म गरिने दुबै कार्यक्रमलाई सभ्य, भब्यरुपमा सफल बनाउनका लागि सरोकारवालाबीच अन्र्तक्रिया एवं सुझाव संकलन गरेको छ ।
कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले बेल विवाह र सडक महोत्सव गर्नु सुखद पक्ष रहेको बताउनुभयो । नेवारी धर्म, कला, संस्कृतिको संरक्षण गर्नुका साथै सबैकालागि स्वीकार्य सडक महोत्सवले नया पन दिने बताउनुभयो । महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका वेदप्रसाद दोरंगाा, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीगुरुङ, नेवा देय दबूका केन्द्रिय सदस्य देबेन्द्रकुमार श्रेष्ठ, भूतपूर्व सैनिक आवासिय माविका अध्यक्ष कृष्णमान प्रधान, उद्योग वाणिज्य संघ स्याङ्जाका पूर्वअध्यक्ष नवराज सुवेदी, आमा समूहका अध्यक्ष बन्दना लम्साल, पत्रकार भवानी अधिकारी र रमेश गोदार, मुस्लिम संघका केन्द्रिय सदस्य हुसेन हुसेन मिया, उद्योग वाणिज्य संघका महासचिव रविन केसी, लुम्बिनी विकास बैंकका बिष्णु उपाध्याय, काजिमान हरिटीकाका प्रधानाध्यापक पोतप्रसाद अर्याल, चण्डीस्थान महिला समूहका प्रतिमा अधिकारी, पूवंवडाअध्यक्ष अमृतकुमार श्रेष्ठ, त्रिभुवन आदर्श नमूना माविका शिक्षक शिवप्रसाद ढकाल, नेवा खलका सचिव महादेव श्रेष्ठ लगायतले महोत्सवका लागि आवश्यक तयारीका बारेमा सुझाव दिदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेवाः देय दबू स्याङ्जाका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संघ ताम्राकारले स्वागत एवं सचिव बिष्णुकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
सामुहिक बेल विवाहका लागि देशभरबाट जो कोही पनि सहभागी हुन सक्ने बताइएको छ । तीन दिने सडक महोत्सव भने दिउसो १ बजेदेखि रातको ९ बजेसम्म मात्र गर्नेगरी समयसिमा तोकिएको छ । सडक महोत्सवमा बिशेषगरी बिभिन्न जातजाती, समुदायका स्टल सहित बिशेषगरी खानाका परिकारलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
