Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    समाचार

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    Syangja SandeshBy Syangja SandeshJuly 31, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङ्जा, १४ साउन । स्याङ्जाका शहरी रग्रामीण क्षेत्रका धेरै कच्ची सडक पछिल्लो एक वर्षमा कालोपत्रे भएकाछन् । आर्थिक वर्ष २०८१÷०८२ मा पूर्वाधार विकास कार्यालयले ३० किलोमिटर सडक कालोपत्रे गर्न सफलभएको छ । ५० किमि कालोपत्रे गर्ने लक्ष्य राखेको कार्यालयले ३० किमि सडकमात्रै कालोपत्रे गर्न सफल भएको हो ।

    धेरै सडकहरु बहुवर्षिय योजनामा समाबेश भएको हुँदा लक्ष्य अनुसार सडक कालोपत्रे गर्न नसकिएको कार्यालयले जनाएको छ । कतिपय सडकबहुवर्षिय योजनामा थिए भने कतिपय योजनालाईआर्थिक श्रोत व्यवस्थापनगर्न नसक्दा लक्ष्य पुरा हुन सकेन् । कार्यालयका अनुसार निर्माण थालिएका केहि सडक योजना निर्माण कम्पनीको कमजोरीले कालोपत्रे गर्न सकिएन्।

    पछिल्लो एक वर्षमा चापाकोट–हरिनास जोड्ने दामाचौर–हिलाम¥याङ् १० दशमलब ५, राङ्खोला–बिरुवा खण्डमा पर्न ेराङखोला–धोबादी ६ दशमलब १, पुतलीखेत–सिरुबारी पर्यटकीय सडक अन्र्तगत पुतलीखेतदेखि सतौ–दरौ ३ दशमलब १,बिरुवा र हरिनास दुई पालिका जोड्ने बिरुवा–किचनासखण्ड १ दशमलब ७ तथा दुई जिल्ला स्याङ्जा र पर्वत जोड्ने वालिङ–हुवास खण्डको पिपलटारी–बोदीभञ्ज्याङ् १ दशमलब ५किलोमिटर सडक कालोपत्रे भएको छ ।

    त्यसैगरी अल्छीखोला–रानीपोखरी खण्डमा८५० मिटर, बिरुवा र भीरकोट दुई पालिकाजोड्ने सडकखण्डको बयरघारी–बानेथोक ८ सय मिटर,ढाडाँखेत–दाह्रेगौडा २ सय मिटर सडक कालेपत्रे गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

    ‘वार्षिक कार्ययोजना अनुसार सडक निर्माणमा पुरा जनशक्ति केन्द्रितगर्दा समेत ५० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य प्राप्तिगर्न सकिएन् ।’ प्रमुखअधिकारीले भन्नुभयो, ‘वर्ष भरिमा३० किलोमिटर सडकमात्रै कालोपत्रे गर्न सकियो ।’ठेक्कामा लाग्ने सयम, बहुवर्षिय योजना, श्रोत सुनिश्चित नहुँदा र निर्माण कम्पनीले बीचमै काम छाड्दा लक्ष्यपुरा हुननसकेको अधिकारीले बताउनुभयो ।

    गएको वर्षठेक्का सम्झौता भएका १२ वटाबहुवर्षिय सडक योजनाहरू तोकिएको समय सिमाभित्र पुरा भएन् । कार्यालयका अनुसार मालुङगा–रुद्रबेणी सडक सम्झौताको समय सकिन तीन महिना बाँकी रहँदा ५५ प्रतिशत काम भएको छ । सात महिना समय बाँकीरहेको रत्ने–सुन्तलाबारी पर्यटकीय सडकको निर्माण कम्पनीले कामछाडेर हिँडेको छ ।

    बहुवर्षिय ठेक्कातर्र्फ कैगल्याङ्–चापाकोट, कोल्मा–ज्यामिरे, दरौ–आरुचौर, बायटारी–सेतिबेनी, किनारेभञ्ज्याङ–धुर्काेट, जिमुवा–पाखिचौर, पिपलटारी–बोदीभञ्ज्याङ्, अर्जुनचौपारी–रापाकोट, वालिङ–हुवास रबलमाटा–खिलुङ् सडकको सम्झौता समय सकिन लाग्दा निर्माणको काम सुस्त छ ।

    ग्रामीण भेगका सडक कालोपत्रे भएसँगै स्थानीय उत्साहित भएकाछन् । हिउँदमा खपी नसक्नु धुलो र वर्षातमा पानी पर्नासाथ हिलोमा हिँड्न बाध्य उनीहरुलाई सकडले सहज बनाएको छ । पक्की सडक बनेपछि स्थानीय स्तरमा उत्पादित वस्तु निर्यातमा सहजहुने भएपछि स्थानीय कृषि, व्यापार व्यवसाय, स्वरोजगार र आर्यआर्जनमा जोडिन थालेका छन् ।

    गएको आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण गर्ने भनिएकोमा पौवेगौडे र रातोखोला २ पुलनिर्माण सम्पन्न भएका छन् भने अन्य पक्की पुल निर्माणको क्रममा रहेको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार गएकै वर्ष जिल्लामा ५वटा झोलुङे पुल निर्माण भएकाछन् ।

    आर्थिक वर्ष २०८१÷०८२ मा १अर्ब ३८ करोड ३ लाख ३४ हजार कुल बजेटमा कार्यालयले १ अर्ब १ करोड १२ लाख ६५ हजार पुँजीगत खर्च गरेको छ ।जिल्लामा प्रदेश सरकारबाट प्राप्त पुँजीगत खर्च ८० दशमलब २० प्रतिशत हुँदा पूर्वाधारको ७३ दशमलब २६ प्रतिशत वित्तीय प्रगति छ । वित्तीय प्रगति कमजोर भएको कार्यालयले समयमै काम नसक्दा ३६ करोड ९० लाख पुँजीगत बजेट फ्रिज भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.