स्याङ्जा ८ मंसिर । स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।
गत असोज ९ गतेदेखि मङ्सिर ५ सम्म मतदाता नामावलीमा नाम दर्तामा लागि खुला गरिएको थियो। निर्वाचन कार्यालयमा वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट दर्ता भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । यसरी थपिनेमा नियमित प्रक्रियाबाट कार्यालयमै पुगेर १ हजार ८४१ ले मतदाता नामावलीमा नाम दर्ता गरा एभने राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार ३८४ जनाले दर्ता गराएका छन ।
कार्यालय पुगेर ६ सय ९५ जना महिला र १ हजार १४६ जना पुरुष छ। राष्ट्रिय परिचयपत्रका माध्यमबाट २ हजार ६३९ महिला, ३ हजार ७५५ पुरुष र एक अन्यले दर्ता गराएका ह्न । सिधै अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएकाले धेरै मतदाता परिचयपत्रमार्फतै नाम दर्ता भएको निर्वाचन अधिकारी प्रमुख थापाको भनाई छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा २ लाख ४४ हजार ०८९ मतदाता थिए। पछिल्लो पटक २०८२ कार्तिक १६ मा निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्यामा २ हजार ३९० जना घटेर २ लाख ४१ हजार ६९९ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
निर्वाचन आयोगले मंसिर २० गते प्रारम्भिक मतदाता नामावली अद्याबधिक गर्ने र पुस १५ मा अन्तिम मतदाता नामावली प्रकाशन गरेपछि मात्र मतदाताको एकिन तथ्यांक आउने बताइएको छ ।
यस अवधिमा २ सय २४ जनाले त्रुटी सच्चाउने, ९ सय १६ जनाले ठाँउसारी गर्ने भन्दै एक हजार १४० जनाले मतदाता नामाबली अद्यावधिकका निवेदन दर्ता भएको पनि जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।
२०७८ को जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ५४ हजार ९ सय ६५ छ। र, २०६८ सालको जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ थियो ।
