Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ४ हजार ९९२ जनाले एसईइको परिक्षा दिदै
    समाचार

    स्याङ्जाका ४ हजार ९९२ जनाले एसईइको परिक्षा दिदै

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2025Updated:March 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ चैत । बिहीबार(आज) देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट झण्डै ५ हजार बिद्यार्थी सहभागी हुने भएका छन ।

    यसबर्षको एसईई जिल्लाभरका ४ हजार ९९२ विद्यार्थी सहभागी हुने भएका शिक्षा समन्वय विकास कार्यालय प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये २ हजार ४२३ छात्र र २ हजार ५६९जना छात्रा छन ।

    प्रमुख आचार्यका अनुसार, ‘नियमिततर्फ ३ हजार ७३२ र ग्रेडवृद्धितर्फ १ हजार २६० जना छन्। ती मध्ये नियमिततर्फ १ सय ३४ र ग्रेडबृद्धितर्फ ५० जना प्राबिधिकतर्फका बिद्यार्थी हुन।’ जिल्लाभरका १ सय ७२ विद्यालयले एसइइमा सहभागी हुदैछन्। तीमध्ये सामुदायिकका १ सय ३७ र संस्थागतका ३५ बिद्यालय छन्। प्राबिधिकका ६ वटा र ३ धार्मिक बिद्यालय छन्।

    यस वर्षको परीक्षाका लागि स्याङ्जामा २५ वटा परीक्षा केन्द्रको तोकिएका छन। एसईई परीक्षामा २५ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, २६५ निरीक्षक, परीक्षा सहायक ६२ जना, सहयोगी ११० र सुरक्षाकर्मी ३७५ जना गरी कुल ८८२ जनशक्ति परिचालन गरिएको छ।

    पुतलीबजारमा ५ र वालिङ् नगरपालिकामा ७ वटा परीक्षा केन्द्र छन्। कालीगण्डकी गाउँपालिका र गल्याङ, चापाकोट र भीरकोट नगरपालिकामा दुई÷दुई केन्द्र राखिएका छन्। अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, बिरुवा र हरिनास गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्रबाट परिक्षा संचालन भैरहेका छन्।

    यस वर्षको एसईई चैत ७ गतेदेखि सुरू भएर १९ गते सकिनेछ भने परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुने भएको छ। पहिलो दिने आज अनिवार्य अंग्रेजी बिषयको परिक्षा दिइरहेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.