स्याङ्जा, १२ भदौ । स्याङ्जाका मौरीपालक कृषकले ५ करोड मुल्य बराबरको मह उत्पादन गरेका छन् । जिल्लाका व्यावसायिक मौरीपालक ५२९ कृषकले गएको वर्षतिनमौसम (सिजन) मागरि ५ करोड ४५ लाख ७२ हजार मुल्यको मह उत्पादन गरेका हुन् ।
एघार हजार १३७ घार (गोला) मौरीपालन गर्दै आएका कृषकले ३८ हजार ९८० किलोग्राम मह उत्पादन गरेका छन् । मह उत्पादनहुने मौसममा प्रतिकिलो १२ सयमा बिक्री गरेका कृषकले बेमौसम (अफसिजन) मा १६ सय रुपैयाँसम्मको मुल्यमा प्रति किलो मह बिक्री गर्दै आएका छन् ।
जिल्लामा वार्षिक रुपमासबै भन्दा बढि बिरुवा गाउँपालिकामा २ हजार ५ सय घार पाल्ने ८० कृषकले ८ हजार ७५० किलो मह उत्पादन गरेका छन् । वालिङ नगरपालिकाका ४० कृषकले १ हजार ५ सय घारबाट ५ हजार २५०, र फेदीखोलागाउँपालिकाका ४० कृषकले एक हजार तिन सय घारबाट चार हजार ५५० किलोग्राम मह उत्पादन गरेको कृषिज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार चापाकोट नगरपालिकाका ८० कृषकले चार हजार दुई सय,कालिगण्डकी गाउँपालिका झण्डै सय कृषकले तिनहजार ८५०,पुतलीबजार नगरपालिकाका ७५ मौरीपालक कृषकले तिनहजार ५ सय र अर्जुनचौपारी गाउँपालिकाका ३० कृषकले तिनहजार पाँच सय किला ेग्राम मह उत्पादन गरेका छन् ।
यस्तै गल्याङ् नगरपालिकाका ८० कृषकले दुई हजार ४५०, आँधीखोलाका २२ कृषकले एक हजार ७५०, हरिनाश गाउँपालिकाका १२ कृषकले ६५५ र भीरकोट नगरपालिकाका १० कृषकले ५२५ किलोग्राम मह उत्पादन गरेको केन्द्रका कृषि विकास अधिकृत विकास विकले जानकारी दिनुभयो ।
राम्रो चरन भएको ठाउँका मौरीको घारबाट वर्षमा जेठ–असार, असोज–कार्तिक र फागुन–चैत्रमागरि तिन पटक मह निकाल्ने (काड्ने) गरिन्छ । उत्पादित महको ७० प्रतिशतठूलो हिस्सा स्थानीय बजारमा खपतहुँदै आएको छ भने ३० प्रतिशत पोखरा, बुटवल र काठमाडौं जस्ता सहरमा निकासी हुँदै आएको छ ।
जेठ–असार र असोज–कार्तिकमा निकालेको मह राम्रो र गुणस्तर देखिन्छ भने फागुन–चैत्रमा निकाल्ने मह गुणस्तरीय भएपनि राम्रो नदेखिने २५ वर्षदेखि मौरीपाल्दै आएका ७४ वर्षिय अनुभवि कृषक श्यामप्रसाद अर्याल बताए । राम्रो चरनका पहाडे मौरीको मह स्थानीय बजार मै खपत हुँदै आएको दाबीगर्ने अर्यालले भारतीय कम्पनीमा बनेका कृत्रिम महले सक्कली(स्थानीय÷रैथाने) महको बजार बिगारेको सुनाए ।
पछिल्ला केहि वर्षदेखि व्यावसायिक कीट विकास केन्द्र बन्दिपुर तनहुँले मौरीपालन र च्याउ खेतीमा स्याङ्जाका कृषकलाई सहयोग गर्दै आएको केन्द्रले जनाएको छ । केन्द्रको सहयोगमा मौरीपालक र च्याउ खेतीगर्ने कृषकको संख्या र उत्पादनमा बृद्धिहुने अपेक्षा गरिएको छ ।