स्याङ्जा २७ मंसिर । स्याङ्जामा लगानीकर्ता शिक्षा, प्रचारप्रसार, प्रवद्र्धन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालय लगानीकर्ता संरक्षण कोषको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङजाको ब्यवस्थापन तथा सहजीकरणमा र नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको समन्वयमा ती कार्यक्रमहरु भएका हुन ।
नेपाल धितोपत्र बोर्डका निर्देशक गणेश श्रेष्ठले बोर्डको परिचय सहित काम, कर्तव्य अधिकारका र कानुनी व्यवस्थाहरु र आर्थिक अर्थतन्त्र अन्तर्गत सार्वजनिक वित्त, बाह्रय क्षेत्र मौद्रिक तथा हालको वित्तीय क्षेत्रका अवस्थका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमम नेपाल स्टक एक्सचेन्जका वरिष्ष्ठ अधिकृत मिलन मगर, कम्पनी रजिष्टार कार्यालयका कम्प्यूटर इन्जिनियर युभासिभ कुँवर, लेखापाल नवराज सुवेदी लगायतले नेप्से, धितोपत्र, काम कारवाही, लगानी, शेयर मार्टेट सम्बन्धी जानकारी गराउनुका साथै प्रबिधिको प्रयोगलाई अनलाइनबाट कसरी गर्न सकिन्छ भनेर जानकारी गराएका थिए ।
प्रशिक्षणपछि आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, महिला उद्यमी महासंघ स्याङ्जाका अध्यक्ष चन्द्रकला राना, स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, पुतलीबजार नगर शिक्षा समिति सदस्य मुक्तीप्रसाद रेग्मी, नेपाल विद्युत प्राधिकरण स्याङ्जाका लेखा प्रमुख किशोर घिमिरे लगायतले धितो बोर्ड सम्बन्धी आ आफना धारणा सहित धन्यवाद ब्यक्त गरेका थिए ।
उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार बलराम निरौलाले स्वागत सहित कार्यक्रमका उदेश्यका बारेमा जानकारी गराएका थिए भने उद्योग वाणिज्य संघमा सहसचिव सुर्य प्रसाद लामिछानेले धन्यवाद एवम् महासचिव रविन के सीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उद्योगी, व्यवसायी, बिद्यार्थी लगायत सरोकारवालको सहभागिता रहेको थियो ।
