स्याङ्जा, २७ साउन । स्याङ्जामा गएको आर्थिक वर्ष २०८१÷०८२ मा आठ जना नयाँ कुष्ठरोगी भेटिएका छन । पुतलीबजार र चापाकोटमा दुई÷दुई जना बिरामी फेलापर्दा वालिङमा तीन जना कुष्ठरोगी फेला परेका हुन् ।
अघिल्लो वर्ष२०८०÷०८१ पुतलीबजार, चापाकोट र वालिङदुई÷दुई जनागरी छ जनाकुष्ठरोगका बिरामी भेटिएका थिए । जिल्लामा हाल नौ जनाकुष्ठ रोगलेऔषधी सेवन गरिरहेको प्रदेश जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत केशव चापागाईले जानकारी दिनुभयो ।
जिल्लाका ११ मध्ये आठ पालिका भने कुष्ठरोगका बिरामी नभेटिएको चापागाईले भन्नुभयो । कुष्ठरोग लागेका मानिसको छालामा छुँदा थाहा नपाउने, आँखीभौ सुनिने, कानको लोती बाक्लो हुने, स्नायु सुनिने र झमझमाउने जस्ता लक्षण देखिन ेचापागाईको भनाई छ ।
रोग प्रकृति अनुसार छ महिनादेखि एक बर्षसम्म लगातार औषधी सेवनगरे पूर्णरुपमा निको हुने र औषधी स्वास्थ्य संस्थामा निःशुल्क पाइने गर्दछ । सरकारले कुष्ठरोग निवारण घोषणा १५ वर्ष पुगेको छ भने सन् २०३० सम्ममा कुष्ठ रोगलाई शून्यमा पु¥याउने लक्ष्य लिएको छ ।