Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ६७ प्रतिशत नागरिक बीमामा आबद्ध
    समाचार

    स्याङ्जाका ६७ प्रतिशत नागरिक बीमामा आबद्ध

    Syangja SandeshBy Syangja SandeshSeptember 27, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ असोज । स्याङ्जामा ६७ प्रतिशत नागरिक स्वास्थ्य कार्यक्रममा आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाका दुई लाख ५४ हजार २७७ कुल जनसंख्यामध्ये एक लाख ७० हजार १५९ अर्थात ६७ प्रतिशत नागरिकले स्वास्थ्य बीमामा आबद्ध भएका हुन् ।

    ८७ हजार ६०८ महिला र ८२ हजार ५५१ गरी एक लाख ७० हजार १५९ नागरिक बीमामा आबद्ध भएका छन् । जनसंख्याका आधारमा ६७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेको स्याङ्जामा झण्डै ८० प्रतिशत घरपरिवार बीमामा आबद्ध छन् । जिल्लाका ७० हजार ७२१ घरपरिवारमध्ये ८० प्रतिशत अर्थात ५६ हजार ७४ घरपरिवार बीमा कार्यक्रममा आबद्ध छन् ।

    जिल्लामा जनसंख्याको तुलनामा बीमा कार्यक्रममा घरपरिवारको संख्यामा धेरै देखिएको छ । २२ हजार ८३१ जेष्ठ नागरिक र ३३ हजार २४३ गरी ५६ हजार ५४ घरपरिवारमध्ये एक जेष्ठ नागरिकलाई एक घरपरिवारमा गणना गर्दा जनसंख्याको तुलनामा घरपरिवारको संख्या प्रतिशतमा धेरै देखिएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जा शाखाले जनाएको छ ।

    आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका ११ पालिकाहरुले दुई करोड ४३ लाख २१ हजार ६५० रुपैयाँ शुल्क बुझाएका छन् । गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरेको कालिगण्डकी गाउँपालिकाले मात्रै एक करोड ७२ लाख ७२ हजार १५० रुपैयाँ शुल्क बुझाउँदा अन्य १० पालिका मध्ये ९ पालिकाले ७० लाख ४९ हजार ५ सय रुपैयाँ निःशुल्क बीमा शुल्क बुझाउँदा एक पालिका हरिनाश गाउँपालिकाले कुनै पनि रकम खर्च गरेको छैन् ।

    बोर्डका अनुसार वालिङ नगरपालिकाले १५ लाख ७५ हजार, पुतलीबजार नगरपालिकाले ८ लाख २२ हजार ५ सय, भीरकोट नगरपालिकाले ७ लाख ५२ हजार ५ सय, गल्याङ् नगरपालिकाले दुई लाख ९४ हजार र चापाकोट नगरपालिकाले दुई लाख २८ हजार ५ सय रुपैयाँ खर्चमा विपन्न परिवार, महिला स्वयंसेविका, माझी, बोटे लगाएतका लोपोन्मुख र अति गरिब परिवारलाई निःशुल्क बीमा गरेका छन् ।

    त्यस्तै फेदीखोला गाउँपालिकाले ७ लाख ४५ हजार ९५०, अर्जुनचौपारी गाउँपालिकाले चार लाख ७६ हजार, आँधीखोला गाउँपालिकाले ९४ हजार र बिरुवा गाउँपालिकाले ८४ हजार खर्चमा महिला स्वयंसेविका र विपन्न परिवारलाई निल्शुल्क बीमा गरिदिदा हरिनास गाउँपालिकाले भने बीमामा कुनै रकम खर्च नगरेको शाखाका संयोजक ध्रुव हमालले जानकारी दिनुभयो ।

    जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा आबद्व हुने नागरिकको संख्यामा वृद्धि हुँदै गएको संयोजक हमालले बताउनुभयो । स्वास्थ्य बीमा गराउँदा हुने लाभका बारेमा जानकारी भएसँगै बीमामा आबद्व हुने नागरिकको संख्या बढ्दै गएको उनले सुनाए । बीमा दर्ताका लागि जिल्लाका ९७ वडामा दर्ता सहयोगी कार्यकर्ता खटिएका छन् ।

    स्वास्थ्य बीमामा आबद्व भएपछि ५ जनाको परिवारले वार्षिक तीन हजार ५ सय प्रिमियम शुल्क तिरेपछि सरकारले एक लाख रुपैयाँबराबरको स्वास्थ्य उपचार सेवा दिने गरेको छ । त्यस्तै ६ जनादेखि माथिको परिवार भएमा प्रतिसदस्य ७ सय रुपैयाँ थप जम्मा गर्दै जाने र दुई लाख रुपैयाँसम्मको बीमा वापत स्वास्थ्य उपचार सेवा सरकारले गर्ने गरेको संयोजक हमालले बताउनुभयो ।

    सरकारले अति गरिब, पूर्ण अपांगता, क्षयरोग तथा कुष्ठरोग, एच. आइ. भी. संक्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको निःशुल्क बीमा गरिदिने गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.