Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 31
    Trending
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    समाचार

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2025Updated:October 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ कात्तिक । स्याङ्जा जिल्लाभित्रका सहायक मार्ग (सडक) हरुमा संचालित सवारी साधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । मुख्य सिद्धार्थ राजमार्ग बाहेकका बिभिन्न ४० वटा सहायक मार्गहरुका नयाँ भाडा दर निर्धारण गरिएका छन ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बसेको सम्बन्धित पक्षहरुको बैठकले सहायक सडकहरुमा चल्ने सवारी साधनमा एकरुपता ल्याउन भाडादर शुल्क तोकिएको हो । जसका कारण अब भाडादर मनलाग्दीरुपले लिन पाइने छैंन ।

    स्याङ्जा प्रशासनले सहायक मार्गहरूमा चल्ने जिप, बस, अटो, टेम्पो र ई–रिक्साका लागि भाडादर निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    ‘पक्की सडकमा बसको भाडा प्रतिव्यक्ति प्रतिकिलोमिटर ५ रुपैयाँ ५० पैसा, र जिपमा ६ रुपैयाँे र कच्ची सडकमा भने बसको ११ र जिपको १२ रुपैंया निर्धारण गरिएको छ ।’ प्रजिअ अर्यालका अनुसार, ‘टेम्पो, अटो र ई–रिक्साका लागि पक्की सडक ३ किलोमिटरसम्म प्रति प्रतिकिलोमिटर प्रतिब्यक्ति ३० रुपैंया तोकेको छ । यदि, ३ किलोमिटरभन्दा बढी दूरी भएमा प्रति किलोमीटर प्रति ब्यक्ति १० रुपैयाँका दरले थप भाडा लिने सकिने व्यवस्था गरिएको छ ।

    कच्ची सडकमा भने ३ किलोमिटरसम्म प्रति ब्यक्ति प्रति किलोमीटर ४० रुपैंइा र ३ किलोमीटर भन्दा बढी दुरीमा प्रतिकिलोमिटर प्रतिब्यक्ति १५ रुपैयाँका दरले थप्ने निर्णय गरिएको छ ।’

    यातायातका सबै रुटका यातायात व्यवसायीले सो भाडादर स्पष्ट देखिने गरी सवारीसाधन र टिकट काउन्टरमा टाँस्नुपर्ने छ भने ट्राफिक प्रहरीले नियमित अनुगमन गर्ने जनाएको छ ।

    हाल कच्ची बाटो पक्की भएर पनि पुरानै दरमा भाडा असुल्ने गुनासो बढेपछि प्रशासनले अब यस्तो कार्य रोक्ने चेतावनी दिएको छ । पक्की सडकमा कच्ची सडक बराबरको भाडा उठाउनेलाई प्रहरीमार्फत कारबाही गरिने प्रशासनले जनाएको छ ।

    जेष्ठ नागरिक, विद्यार्थी र अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट, सवारी साधनमा सिट सुरक्षित गर्ने गराउने कार्यमा प्रहरी र ट्राफिक कार्यालयले अनुगमन गर्ने भएको छ । र, रातो प्लेटका सवारी साधनले यात्रु ओसारपसार नगर्न नगराउन समेत सूचित गराएको छ ।

    यसैगरी, पूर्वाधार विकास कार्यालय, यातायात शाखा स्याङ्जा र स्थानीय पालिकाको समन्वयमा टेम्पो दर्ता शुल्क निर्धारण गर्ने निर्णय गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.