Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    भीरकोट नगरपालिका

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2025Updated:October 12, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । स्याङ्जाको पत्रकारिता क्षेत्रको बिगत, वर्तमान र भविष्यको सम्भावना एवम चुनौतीका विषयमा अन्तरक्रिया गरिएको छ । खबर कलम, स्मार्ट अखबार अनलाईन र अकला आवाज साप्ताहिक पत्रिकाको आयोजनामा सो अन्तरक्रिया गरिएको हो ।

    भीरकोट नगरपालिकामा शनिवार आयोजित कार्यक्रममा बोल्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले राज्यको चौथौं अंगका रुपमा मानिएको पत्रकारिता जगतले बिश्वसनीय र मर्यादित पत्रकारिता गर्नु पर्ने बताए । नगरपालिकाले गरेका असल कामलाई प्रोत्साहन गर्न र कमीकमजोरी औल्याईदिन पनि प्रमुख कर्माचार्यले सुझाव दिनुभयो ।

    सिमित स्रोत र साधनका बाबजूद पनि पछिल्लो पटक घोषणा गरिएको भीरकोटले राम्रा काम गरेको जनाउदै पालिकाले गरेका असल अभ्यासका बारेमा जानकारी गराउजुभयो । कृषिका क्षेत्रमा ठूलो परियोजना कार्यान्वयनको अवस्थामा रहेको जनाउदै नगरबासीले विकास र समृद्धिमा लिएको आशा र चाहना सबै पुरा गर्न कठिनाई भएको बताउनुभयो ।

    पालिकाको आन्तरिक आय खासै नभएको उहाको भनाई छ । आँफूहरु सधै पत्रकार र पत्रकारिताको पक्षमा रहेको जनाउदै पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    सोही कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ट पत्रकार ओमप्रकाश शर्मा, निवर्तमान एवं गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश पूर्व सदस्य प्रकाश डोटेल, अध्यक्ष प्रदीप कोइराला, अकला आवाजका सम्पादक प्रकाश डुुुुुुुुुुुुुुुुुुुुुुम्रे लगायतले स्याङ्जाको पत्रकारिताको अवस्था, बिगतदेखि हालसम्म एआई पत्रकारिता सम्मको अवस्थाका बारेमा जानकारी गराउदै पत्रकारिताका मूल्य मान्यता, प्रचलित ऐन कानून र आचार संहिता पालना गर्दै प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड दिनुभयो ।

    अन्र्तक्रियामा जिल्लास्थित क्रियाशिल झण्डै ३ दर्जन पत्रकार सहभागी थिए । सहभागी सबै पत्रकारहरुले आ आफना पेशागत अनुभव, हालका अवस्था, समस्या र चुनौतीका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    स्मार्ट अखबारका सम्पादक नारायण कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अकला आवाजका आयुष्मा काफलेले स्वागत र खबर कलमका सम्पादक जीवन अर्यालले संचालन गर्नुभएको थियो ।

    अनलाइन खबर कलम, स्मार्ट अखबार र अकला आवाज साप्ताहिकको आयोजनामा भीरकोट नगरपालिकाको सभाहलमा सम्पन्न अन्तरक्रियाले ९ बुदें घोषणापत्र पनि जारी गरेको छ । जारी घोषणापत्रमा क्रमश ः १) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबिच मैत्रीपूर्ण सहकार्य एवं सम्बन्ध स्थापित गर्न जोड दिने । २) स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढाउने । ३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति दृढ रहने वातावरण गराउने । ४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने रहेको छ ।

    यसैगरी, ५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने । ६) स्याङ्जाको आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनको लागि संचार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबिच हातेमालो गर्ने ।७) जिल्ला स्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना , लोककल्याणकारी विज्ञापन एवं विभिन्न सूचनाहरू स्याङ्जामा संचालित संचारगृहहरूमा उच्च प्राथमिकताका साथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने । ८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजिवीहरुलाई भावनात्मक ढंगले एकजुट गराउने । ९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने उल्लेख गरिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु

    October 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.