Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका दलित महिला जनप्रतिनिधि सबैलाई भीरकोटमा प्रशिक्षण
    भीरकोट नगरपालिका

    स्याङ्जाका दलित महिला जनप्रतिनिधि सबैलाई भीरकोटमा प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2025Updated:March 20, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ चैत । जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसर पारेर दलित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको छ ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा भीरकोट नगरपालिकाको समन्वयमा जिल्लाका संघिय, प्रादेशिक र स्थानीय तहका दलित महिला जनप्रतिनिधिकालागि नेतृत्व विकास कार्यक्रम गरिएको हो ।

    प्रशिक्षण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री सीता सुन्दासले जातीय र लैङ्गिक विभेद विकास र समृद्धिको बाधक रहेको बताउनुभयो । दलित महिला जनप्रतिनिधिहरुले आफ्नो क्षमता वृद्धि गरी सामाजिक जागरण ल्याउनुपर्र्नेमा उहाले जोड दिनुभयो ।

    समाजमा अझैं पनि जातीय विभेद तथा छुवाछुत कायम रहेको बताउँदै सचेतना कार्यक्रम एवम् कानूनी प्रक्रियाबाट त्यस्ता समस्याको समाधान गर्नु पर्ने उहाँको भनाई छ । समग्र देशको विकास र समृद्धिको लागि आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा दलित महिलाहरु योगदान दिन सक्षम रहेको उहाले भन्नुभयो । राजनैतिक परिवर्तनका उपलब्धिहरु रक्षागर्दै कानून बनाएर पूर्ण कार्यान्वयन गर्न सकेमा मात्र दलित समुदाय र समग्र नेपालीहरुको अधिकार रक्षा हुन सक्ने उहाले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खडकराज सुवेदीले सामाजिक रुपान्तरणको लागि कुनै पनि विभेद अन्त्य गर्दै दलित महिलाहरुको बहुआयमिक क्षेत्रमा सक्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।

    भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्मचार्यले स्थानीय सरकारले सिमान्तकृत समुदायको सशक्तिकरण र आयआर्जनमा टेवा पुर्याउने गरी नीति, कार्यक्रम बनाएको बताउनुभयो । आगामी दिनमा तीन वटै तहका सरकारको समन्वय र सहकार्यमा दलित समूदायको क्षमता विकास सहित छुवाछुत अन्त्यको लागि कार्यक्रमहरु अगाडी बढाउने उहाले जानकारी गराउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दलित महिलाका हक र अधिकार सम्बन्धमा भएका कानूनी र संवैधानिक व्यवस्थाबारे जानकारी दिदैँ व्यक्तिगत घटना दर्ता र नागरिकतामा दलित समुदायले झेलेका समस्या समाधानका उपायबारे सहजिकरण गर्दै समाजमा सचेतना बाट नै छुवाछुत, बालबिबाह लगायतका सामाजिक विकृतिको अन्त्य गर्न सकिने कुरा बताउनु भयो ।

    अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले जातीय विभेदको अन्त्य गर्दै सामाजिक न्याय र समानता सहितको समुन्त समाज बनाउने सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।

    योजना तर्जुमा र बजेट निर्माण प्रकियामा दलित महिला जनप्रतिनिधिको भूमिका सम्बन्धमा प्रशिक्षक लिलबहादूर रन्पाललले सहजिकरण गर्नु भएको थियो । जातीय विभेद र सोको कानूनी व्यवस्थाबारे प्रहरी कार्यालय दहथुमका इन्चार्ज प्रविण कंडेलले प्रशिक्षण गराउनु भएको थियो ।

    भिरकोट नगरउपप्रमुख भगवती अर्याल, प्रहरी उपरिक्षक शालिकराम पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित महिला सदस्य तथा जिल्ला संयोजक सविता सिंह विश्वकर्माले गर्नु भएको थियो ।

    कार्यक्रमको समन्वय भिरकोट नगरपालिका र दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्थाले गरेको थियो ।
    हरेक वर्ष मार्च २१ तारिक दिनमा जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइदै आएको छ । जिल्लाभरगरि झण्डै सय जनाको सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.