स्याङ्जा २५ जेठ । स्याङजा साहित्य प्रतिष्ठानले ६ जना साहित्यिक स्रष्टालाई शनिबार सम्मान गरेकोे छ ।
सदरमुकाम अर्थात पुतलीबजार नगरपालिकामा आयोजित प्रतिष्ठानद्धारा प्रकाशित रजस्थल साहित्यिक पत्रिकाको शताङक बिमोचन सहित स्रस्टा सम्मान गरिएको हो ।
ँप्रतिष्ठानले स्थापना गरेको कालीगण्डकी साहित्यकला पुरस्कारबाट चितवनबासी डा. धनेश्वर भट्टराई, पुतलीबजार नगरपालिका –१४ का तुलसीगिरीले स्थापना गरेको यानीति साहित्य पुरस्कारबाट वालिङ नगरपालिका –१२ (हाल ललितपुर) का शान्ति सापकोटा, राङखोला लक्ष्मी स्मृति पुस्तकालयले स्थापना गरेको महाकवि देवकोटा पुरस्कारबाट जलजला–५ पर्वतका प्राध्यापक डा. जगन्नाथ रेग्मीलाई सम्मान गरिएको हो।
यसैगरी, निर्मल गिरी÷टुकमायाँ गिरी पर्यावरण पुरस्कारबाट सहिद लखन गोरखाका नारायाण प्रसाद पोखरेल, प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीद्धारा स्थापित रुयली स्मृति साहित्य पुरस्कारबाट शंकर पोखरी पर्वत (हाल नवलपुर)का सदानन्द जैसी, बलराम–टोपली देबी स्मृतिबाङमय पुरस्कारबाट चम्पानगर चितवनका प्रकाश चापागाईलाई सम्मान गरिएको हो।
उहाहरुलाई महाकवि देवकोटा पुरस्कार पाउने रेग्मीलाई २० हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ। अन्य पुरस्कारको राशी भने जनही १५÷१५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाइएको थियो।
लामो समयबाट साहित्य सेवामा समर्पित भई नेपालीभाषा साहित्यको श्रीवृद्धिमा पु¥याउनु भएका साहित्यकार योगदानको कदर स्वरुप सम्मान गरिएको स्याङजा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले जानकारी दिनुभयो ।
उहाहरु सबैलाई प्रा.डा. निर्मोही ब्यास र प्रतिष्ठानका अध्यक्ष अधिकारी सहित पुरस्कार अक्षयकोषदाताले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार डा बिष्णु प्रसाद शर्मा, डा. शालिकराम सुवेदी, चुडामणी ढकाल, अम्बिका भट्टराई, भोजराज बस्ताकोटी, प्राणेश्वर न्यौपाने, चिन्तु गिरी, पत्रकार ओमप्रकाश शर्मा, साहित्यकार मिलन समिर, सम्भु अर्याल, लिलाम्बर ढुङगाना, लक्ष्मी काफ्ले, श्यामप्रसाद ढुङगाना, सम्झना थापा, त्रिभुवन शर्मा, प्रज्ञाप्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह, शम्भु अर्याल, बसन्त खनाल , निलाम्बर ढुंगाना, प्रतिष्ठानका कावा अध्यक्ष टिकाराम वाग्ले, सदस्य प्रमोद पंगेनी लगायतले रचनावाचन सहित रचना वाचन गरेका थिए ।
यस्तै स्याङ्जाबाट २०५५ बाट प्रकाशन गरिएको रजस्थल त्रैमासिक साहित्यिक पत्रिकाको शताङकको विमोचन समेत गरिएको छ ।