स्याङ्जा ८ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुका महान चाडपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठको शुभकामना सहित प्रचलित कानूनको मर्यादाभित्र रहेर मनाउन आग्रह गरेको छ ।
प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम रहनेगरि मनाउनकालागि जिल्लाबासीलाई शुभकामना सन्देश सहित प्रशासनकोे आग्रह छ । कसैका इच्छा र चाहान विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरित कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयालीपुर्वक मनाउन स्याङ्जा प्रशासनले सूचना मार्फत अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी शुभकामना सहित ८ बुदें सूचनापत्रमा चाडपर्वमा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा एकआपसमा भाईचारा र आत्मियता अभिवृद्धि तथा आ–आफ्नो संस्कृतिको संरक्षणहुने गरी अरुको धर्मसंस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपुर्ण तरिकाले मनाउन भनिएको छ ।
नाँचगान लगायतका कार्यक्रम गर्दा जनजीवन एवं आवात जावातलाई असर नपर्ने गरी मर्यादित एवं अनुशासित रुपमा रातिको १० वजे सम्ममात्रै सञ्चालन गर्न पाईने भनिएको छ । दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामाग्रीहरुको प्रयोग सावधानिपुर्वक गर्न, सार्वजानिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने झैझगडा गर्ने तथा भिडभाड हुलहुज्जतजन्य गतिविधि नर्गन, सवारी साधनहरुको छतमा बस्ने झुण्डिएर यात्रा नगर्न नगराउन तथा विभिन्न बहाना बनाई लामो छोटो दुरीका भाडाका सवारी साधनहरुले यात्रुसंग बढी पैसा असुल नर्गन, क्षमता भन्दा बढीयात्रु नराख्न र यात्रुसंग दुव्यवहारजन्य क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको छ ।
स परिवार घर छोडिबाहिर जानुपर्ने अवस्थामा घरको सुरक्षाको प्रयाप्त व्यवस्था मिलाउन प्रशासनले आफ्ना नागरिकलाई सचेत गराउँदै यात्रा गर्दा बहुमुल्य गहना प्रयोग गर्दा समेत सावधानि अपनाउन आग्रह गरेको छ ।
बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वभाविक मुल्य वृद्धि जस्ताकार्य नगर्न नगराउन व्यापारीहरुलाई आग्रहगर्दै म्यादगुज्रेका खाद्य वस्तुहरुको विक्रिवितरण र खरिद नर्गन नगराउन समेत सचेत गराएको छ । प्रशासनले नगर्न भनेका क्रियाकलापहरु गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने समेत सूचित गराएको छ ।