स्याङ्जा ६ साउन । स्याङ्जा प्रहरीले जिल्लाका विभिन्न स्थानमागरि ११ हजार ५४ वटा हरियो गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।
अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन तथा कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउन गाँजाका बोट फडानी अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
प्रहरी सहित टोलीले स्थानीय जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहकार्यमा गाँजा खेती नष्टकोे अभियानलाई सहयोग गर्दै आएका छन ।
यस्तो अभियानले समुदायमा लागूपदार्थ सम्बन्धी जनचेतना बढाउनुका साथै अपराध नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको भनाई छ ।
ती हरिया बोटलाई जिल्ला प्रहरी कार्यालयभित्रको प्रांगणमा डोजरले खाडल खनी ढुंगा माटोले पुरेर नष्ट गरिएको छ ।