Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    समाचार

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    Syangja SandeshBy Syangja SandeshOctober 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतवार कार्यालय प्रांगण परिसरमा नागरिक सुनुवाई गरेको छ ।

    नजिकिदै गरेको तिहार, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षालाई सुब्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले नागरिक सुनुवाई गरेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

    नागरिक समाज, स्थानिय पालिका र प्रहरीबीचको सहकार्यलाई निरन्तरता दिई समाजमा शान्तिसुरक्षा कायममालागि स्थानीय ब्यवसायी, बिद्यालय, बैंक, आमा समूह, क्लव, पूर्व कर्मचारी÷प्रहरी, युवा क्लब, समाजसेवी र आम नागरिकले जिज्ञासा सहित रायसुझाव दिनुभयो ।

    कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जिल्लाको शान्ति, सुरक्षाका निम्ति प्रहरीका काम कारवाहीहरु प्रशंसनीय रहेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा मुलुकले ठूलो क्षति भोग्नु परेको अवस्थामा स्याङ्जामा केही घटनाहरु बाहेक ठूला घटना हुन नदिन प्रहरीको भूमिका र सहयोग उल्लेख्य रहेको प्रमुख रेग्मीको भनाई छ।

    जिल्ला प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेले आमनागरिकका जिज्ञासा एवं रायसुझावका बारेमा आफना धारणा सहित समग्र जिल्लाको शान्ति, सुरक्षा र सुब्यवस्थाका निम्ति प्रहरी र आमनागरिकबीचको सहयोग आवश्यक रहने बताउनुभयो । उहाले भन्नुभयो े, ‘ तपाईका घर, समाजमा भए गरेका जुनसुकै घटनाका बारेमा हामीलाई सूचना दिनुहोस्, सूचनाका गोपनियता कायम राख्दै जिल्लाको शान्ति, सुरक्षाका निम्ति जे सुकै कार्य गर्न पनि तयार रहनेछौं।’

    झिलीमिली पर्व तिहारमा बिजुली बत्ती बाल्दा होसीयारी अपनाउन, देउसी÷भेैलो खेल्दा सामाजिक सदभाव कायम राख्दै, समयको ख्याल गर्न र जुवातास नखेल्न र नखेलाउन पनि प्रहरी प्रमुख न्यौपानेले सुझाव दिनुभयो ।

    प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जिल्लाको बस्तुगत अवस्था, प्रहरीले चालु आर्थिक बर्षमा प्रहरीले गर्दै आएको काम कारवाहीका बारेमा जानकारी गराउनुभयो ।

    नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका पूर्वअध्यक्ष प्रकाश डोटेलले प्रहरी र नागरिकबीचको सम्बन्ध बढाउदै सामाजिक सदभाव, अमनचयन, शान्ति सुरक्षाका निम्ति हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    सुनुवाई कार्यक्रमा रोशनी आवासिय माविका प्रिन्सिपल दिपक मरासिनी, सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरका अच्यूतप्रसाद पोखरेल, सुनचाँदी ब्यवसायी रुद्र सुनार, सानिमा बैंक लिमिटेड प्रमुख प्रेमबहादुर मगर, समाजसेवी कृष्णप्रसाद अर्याल, कानून ब्यवसायी टेकबहादुर कुमाल लगायतले आ आफना क्षेत्रगत समस्याका बारेमा जानकारी गराएका थिए भने शान्ति सुरक्षाका निम्ति अपनाउन सकिने राय सुझाव दिएका थिए ।


    जिल्ला प्रहरी प्रमुख दघिराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक प्रवेश तिवारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.