Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    समाचार

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    Syangja SandeshBy Syangja SandeshAugust 22, 2025Updated:August 22, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ भदौ । स्याङ्जा जिल्ला अदालतबाट दोषी करार भएका २५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर, चोरी, अंशवण्डा, लागूऔषध, कर्तब्य ज्यान, अभद्र ब्यवहार, कुटपिट, बैकिंङ कसुर, लेनदेन, सवारी ज्यान र हातहतिरयारमा दोषी ठहर भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यो संख्या साउन महिनाको मात्र होे ।

    गत आर्थिक बर्षमा मात्र १ सय १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार अदालतबाट दोषी करार फरार अभियुक्तलाई पक्राउगरी अदालत बुझाउने अभियान नै सुरु गरेको बिहीवार वालिङमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनु भएको हो ।

    कानुन कार्यान्वयनको दिशामा प्रहरीले चालेको यो कदमको सर्वत्र प्रशंसा गरिएको छ । प्रत्येक महिनाको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट सम्पादन भएका कामको सार्वजनिक जानकारीका लागि प्रहरीले प्रेस मिटको आयोजना गर्दै आएको छ । साउनमा बिभिन्न आरोपमा २२ जना पक्राउ परेका छन् । चार जनाले आत्महत्या गरेको, ४ लाख ३९ हजार २७९ बराबरको अवैध सामान बरामद, ४८ हजार ७५८ बोट गाँजा फडानी, एक हजार ४२३ जनालाई मादक पदार्थ र लागूपदार्थ सेवन र ट्राफिक नियम उल्लंघनमा पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    कर्तब्य ज्यान मुद्धाका फरार कसुरदारलाई २३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । चापाकोट — २ धुर्कोटका बाजिन्द्रबहादुर सोतीमगरलाई पक्राउ गरिएको हो । झुटो विवरण दिइ ७ तोला सुन चोरी भएको जाहेरी दिने आँधीखोला १ का चन्द्रकुमारी गुरुङ र धनराज गुरुङलाई पनि पक्राउ गरिएको छ ।

    त्यस्तै, बिना प्रवेशाज्ञा प्रगतिनगरमा लुकिछिपी बसीरहेका २ जना जापानीज नागरिकलाई पनि पक्राउगरी आवश्यक कार्यवाहीका लागि पर्यटक प्रहरी कार्यालय पोखरा पठाइएको छ । स्याङ्जा प्रहरीले यसका अतिरिक्त आत्महत्या नियन्त्रण गर्न सचेतना कार्यक्रम, बृक्षरोपण, गाँजा फडानी, अवैध घरेलु मदिरा नियन्त्रण जस्ता कार्यक्रम पनि प्रभावकारी ढंगले गर्दैै आएकोे छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.