Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    समाचार

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    Syangja SandeshBy Syangja SandeshJuly 28, 2025No Comments5 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ साउन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ आर्थिक बर्ष सुरु भएसंगै गतबर्षका उपलब्धी बारे जानकारी गराउने उदेश्यले आइतवार पत्रकार सम्मेलन गरेको छ ।

    प्रहरी कार्यालयमा आयोजित सम्मेलनमा प्रहरी उपरीक्षक दधिराम न्यौपानले आर्थिक बर्ष २०८१÷०८२ मा र चालु आर्थिक बर्षको आजसम्ममा भए गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभयो ।

    बिभिन्न आरोपमा फरार रहेका ब्यक्ति पक्राउ गर्ने कामलाई बढी प्राथमिकतामा राखेको उहाको भनाई छ । जिल्लाको प्रहरी प्रमुख समेत रहनु भएका न्यौपानेले गत बर्ष बिभिन्न कसुर तथा मुद्धामा आरोपलागि फरार रहेका १ सय १८ जना ब्यक्तिलाई पक्राउ गरेको जानकारी दिनुभयो । ती मध्ये ९१ पुरुष र २७ महिला रहेका छन । उनीहरुले ४२ बर्ष १ महिना २९ दिन कैद सजाए भोग्नु पर्नेछ भने उनीहरुलाई १ करोड ८७ लाख ९९ हजार ८८५ रुपैंया जरिवाना तोकिएको छ ।

    प्रहरीले गतबर्षको फरार कसुरदार एवं अपराधी पक्राउ गर्ने कार्यलार्ई २२ दशमलब ७३ प्रतिशत सफलता मानेको छ । यसैगरी, चालु आर्थिक बर्षको ११ दिनमा १२ जना पुरुष र ७ महिलागरी १९ जना फरार अपराधी एवं कसुरदार पक्राउ गरेको जनाएको छ । उनीहरुले ८ लाख ११ हजार ७३० रुपैया जरिवाना र कुल ७ बर्ष ४ महिना ३ दिन कैद सजाए भोग्नु पर्ने भएको छ ।

    यसैगरी, गतबर्ष बिभिन्न २ सय ७९ वटा मुद्धामा १ सय ४९ जना पक्राउ परेका थिए भने ती मध्ये ३१ जना पूर्पक्षका लागि थुनामा र ९८ जना धरौटीमा रिहा, ९ जनालाई साधारण तारेख र ३ जना जिम्मा जमानीमा छाडिएका छन् । चालु बर्षमा भने ५ मुद्धामा ४ जना पक्राउ परेका छन्। उनीहरुलाई आवश्यक कानूनी कारवाही अघि बढाइएको प्रमुख न्यौपानेले जानकारी गराउनुभयो ।

    जिल्लामा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी ५३ वटा मुद्धा, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा नैतिकता बिरुद्धका कसुरमा ५२ वटा, भवितब्य ज्यान ४७ वटा, लागु औषध १४, जबरजस्ती करणी १५, फुटकर ज्यान १९ वटा मुद्धा दर्ता भएका थिए । आत्महत्या सम्बन्धी मुद्धामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा १२ वटा, वालिङ् नगरपालिकामा १०, गल्याङ् नगरपालिकामा ९ वटा, अाँधीखोला गाउँपालिकामा ६ वटा, भिरकोट नगरपालिकामा ६ वटा, विरुवा गाउँपालिकामा ५ वटा रहेका छन ।

    यसैगरी, फेदिखोला गाउपालिकामा ३ वटा, अर्जुनचौपारी गाउँपालिकामा ३ वटा, हरिनास गाउँपालिकामा २ र चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा एक÷एक वटा रहेको प्रहरीले जनाएको छ । अघिल्ला बर्षहरुका तुलनामा आत्महत्याका संख्या क्रमश घटदै गएको र यस्ता घटनालाई न्यूनिकरण गर्न समुदायमा पुगेर प्रहरीले सचेतनामूलक र तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षणका कार्यक्रम गर्दै आएको पनि प्रमुख न्यौपानेको भनाई छ ।

    स्याङ्जामा नदिजन्य पदार्थ अवैध उत्खनन कार्य हुने गरेको छ । बर्षातको समयमा नदिजन्य पदार्थ उत्खननमा रोक लगाएपनि अटेरगरि उत्खनन गर्ने २५ वटा सवारी साधन नियन्त्रणलिई कानूनी कारवाही गरेको छ । गबर्षको तथ्यांक अनुसार जेसीवी, टयाक्टर, टिप्पर लगायतका ती सवारी साधनहरुबाट ३ लाख ६० हजार नगद जरिवाना तिराई राजश्व संकलन गरिएको छ । चालु आवमा भने कुनै पनि सवारी साधान पक्राउ परेका छैनन ।

    प्रहरीले काठ अवैध ओसार पसार गर्नै २ वटा सवारी साधन पनि पक्राउ परेका थिए । गत बर्ष पक्राउ परेका ती साधनमा साल लगायतका १६८ दशमलब ६३ क्यूफिट काठ नियन्त्रणमा लिइएको प्रहरी भनाई छ । यसैगरी, गतबर्ष अवैध ओसार पसार गर्ने क्रममा ५३ हजार ८२ हजार २ सय रुपैंया बराबर मूल्यका खाद्य, लत्ताकपडा, कस्मेटिक सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो । यसबर्ष पनि ४३ हजार ८५० मूल्य बराबरको लत्ताकपडा लगायका अवैध सामानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले समुदायमा पुगेर गाजा फडानी गरेको छ । प्रहरीले गतबर्ष १ सय २ रोपनी क्षेत्रफलमा गाँजाको हरियो बोट २१ हजार ५५३ वटा र चालु आवको दश दिनमा ५५ रोपनी क्षेत्रफलमा १२ हजार ६१६ वटा गाँजाका हरिया बोट काटेर नष्ट गरेको छ । यस्तै, अवैध तथा नियन्त्रित लागूऔषध सहित १८ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट डाइजेपाम २ सय वटा एम्पुल, फेनेरेगन २ सय २ एम्पुल, नुफिन १ सय ९२ एम्पुल, नाइट्राभेट ट्याबलेट १ सय ७८, सुकेको गाँजा ७ सय १८ ग्राम सहित नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको बताइएको छ ।

    प्रहरीले यात्रुलाई सुरक्षित यात्रा गराउने उदेश्यले लागु पदार्थ सेवन चेकिङ अभियानलाई निरन्तरता दिदै आएको र पछिसम्म पनि निरन्तर चलिरहने प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो । नयाँ बर्ष २०८२ बैशाख ६ गतेदेखि सुरु गरिएको अभियानका क्रममा सय जनामा परिक्ष गर्दा १३ जनाले लागु पदार्थ सेवन गरेको भेटिएको जानकारी गराउनुभयो ।

    ट्राफिक कारवाहीबाट गतबर्ष १ करोड ४१ लाख ३१ हजार ५ सय र चालु आवमा २ लाख २४ हजार रुपैंया राजश्व सकंकलन गरेको छ जनाएको छ । गतबर्ष १९ हजार २६० वटा सवारी साधन र चालु आर्थिक बर्षमा ३ सय १० वटा सवारी साधन कारवाहीमा परेका हुन । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत गतबर्ष २ हजार २९७ वटा कार्यक्रमबाट ६२ हजार ६३५ जना र चालु बर्षमा ९८ वटा कार्यक्रमबाट १ हजार ४२१ जना ब्यक्ति प्रत्यक्ष लाभान्वित भएको प्रहरीको भनाई छ ।

    प्रहरीले आफना लामो तथा छोटा दुरीका गश्तिलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । प्रहरीले ९४ वटा सिसि क्यामरा जडान गरेको, गतबर्ष हराएका १ सय ५० जना मध्ये १ सय ४६ जना फेला पारेको र अन्यको खोजतलास कार्य जारी राखेको, गतबर्ष २ सय १२ लीटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको, अर्जुनचौपारीको जंगलबार जुडिबुटी ५ सय केसी संकलन गनेै ३ जनालाई नियन्त्रणमा लिइ बन कार्यालयलाई बुझाएको, ३६ वटा मोवाइल, एउटा स्कुटर, एउटा साईकल खोजतलासगरि सम्बन्धित ब्यक्तिलाई बुझाएको, मादक पदार्थ सेवन गरि सवारी चलाउनेलाई नियन्त्रणमालिई सचेत गराइएको जिल्ला प्रहरी कार्याल स्याङ्जाको १०० नम्बरमा आएका १ हजार ४६८ वटा फोनको तत्कालै रेस्पोन्स गरिएको पनि प्रहरी प्रमुख न्यौपानेले जानकारी गराउनुभयो ।

    आमनागरिक तथा समाजका शान्ति, सुरक्षा कायम राख्दै सामाजिक सदभाव कायम राख्न प्रहरी, पत्रकार र समुदायका ब्यक्तिबीच सहकार्य गर्दै अघि बढ्ने प्रहरीको लक्ष्य रहेको प्रहरी प्रमुख न्यौपानेले भन्नुभयो ।

    कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी, पत्रकार महासंघका अध्यक्ष प्रदीप कोइराला, पूर्व अध्यक्ष द्धय ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देल, लगायत जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.