Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 1
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रहरीले मनायो ६९ औं स्थापना दिवस
    पुतलीबजार नगरपालिका

    स्याङ्जा प्रहरीले मनायो ६९ औं स्थापना दिवस

    Syangja SandeshBy Syangja SandeshOctober 17, 2024Updated:October 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असोज । नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै स्याङ्जा प्रहरीले बुधवार ६९ औं प्रहरी दिवस मनाएको छ । ‘साईवर सुरक्षा आजको आवश्यकता’ भन्ने मुल नारा सहित स्याङ्जा प्रहरीले विविध कार्यक्रम गरी प्रहरी दिवस मनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिवसको उदघाटन गर्नुभएको थियो । दिवसको शुभकामना व्यक्त गर्दै प्रहरीले समुदायमा पुर्याएको सेवाप्रती आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाले प्रहरी, राज्य र नागरिकबिच हातेमालो गर्दै शान्ति सुरक्षा कायम राख्नु भएको बताउनुभयो ।

    सोही कार्यक्रममा स्याङ्जाका प्रहरी उपरीक्षक शालिकराम शर्माले प्रहरी दिवसका अवसर पारेर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

    दिवसमा नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व प्रहरी नायब उपरीक्षक श्यामकृष्ण श्रेष्ठ लगायतले प्रहरी दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही अवसरमा पुतलीबजार नगरपालिका १ निवासी दीपक लम्साल, जिल्ला रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्याल, पुतलीबजार नगरपालिका वडा न ४ निवासी महेश बहादुर थापा, पुतलीबजार नगरपालिका वडा न ३ निवासी रमेश शिवाकोटी, पुतलीबजार नगरपालिका वडा न ३ बाड्खोला निवासी साखालिद मिया र सामुदायिक रेडियो स्याङ्जा एफ्.एम्. तथा स्याङ्जा टेलिभिजनका प्रमुख व्यवस्थापक रमेश गोदार लगायतका व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

    त्यस्तै, स्याङ्जा जिल्ला घर भई कार्य शिलशिलामा विभिन्न ठाउँमा वीरगति प्राप्त अमर प्रहरीका एघार परिवारलाई र जेष्ठ पूर्व प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा स्याङ्जा प्रहरी संगठनभित्र रही उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरु प्रहरी नायब निरीक्षक प्रमोद कंडेल,प्रहरी हवल्दार युवराज तिमिल्सेना, प्रहरी जवान मोहन चेपाङ्, र प्रहरी जवान प्रकाश कोलीलाई पनि सम्मान गरिएको थियो ।

    यसैगरी, प्रहरी दिवसका सन्दर्भ पारेर सञ्चालन गरेका खेल व्याडमिन्टन, टेवलटेनिस प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

    सोही कार्यक्रममा कार्य शिलशिलामा क्रममा वीरगति प्राप्त अमर प्रहरीका परिवार, पूर्वप्रहरी, समाजसेवीहरु प्रहरी कर्मचारी सहित रेडियो स्याङ्जाका प्रमुख ब्यवस्थापक रमेश गोदारलाई सम्मान गरिएको थियो ।

    यसैगरी, खेल प्रतियोगिताका विजेताहरुलाई पनि नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रउ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले स्वागत एवं प्रहरी निरीक्षक सुमन चापागाईंले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025

    हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम

    November 29, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.