Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजा माविमा अपांगता सम्बन्धी सचेतना अभियान
    पुतलीबजार नगरपालिका

    स्याङजा माविमा अपांगता सम्बन्धी सचेतना अभियान

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2024Updated:December 20, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान अन्र्तगत सो कार्यक्रम स्याङ्जा सदरमुकाम स्थित स्याङ्जा माध्यमिक बिद्यालयमा गरिएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मानिसहरु जन्मदा मात्र होइन जुनसुकै समयमा पनि अपांगता हुनसक्ने बताउदै अपांगताका बिषयमा सबैजना संवेदनशील बन्नुपर्ने बताउनुभयो । अपांगता भन्ने बिषयलाई कुनै पनि भाग्य र कर्मको खेलमा जोड्न नहुने उहाको भनाई छ । अपांगता भनेको शारिरीक अवस्था रहेको जनाउदै अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचानगरी अवसर दिनुपर्नेमा उहाले जोड दिनुभयो ।

    अपांगता ब्यक्तिका लागि राज्यले उपलब्ध गराएका सेवा सुबिधामा पुतलीबजारले पहेंलो कार्ड र पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य विमाका लागि निशुल्क बिमा र स्याहारे भत्ताको सुबिधा उपलब्ध गराएको र आउदा दिनमा पनि निरन्तरता दिईने बताउनुभयो । अपांगता भित्रको फरक क्षमता पहिचान गर्दै अघि बढाउनु पर्ने उहाको भनाई छ ।

    वडासदस्य बिष्णुकुमार श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जा माध्यामिक बिध्यालयका प्रधानाध्यापक लेखनाथ रेग्मी लगायतले मानवमैत्री सहित अपांगतामैत्री संरचना लगायतका बिबिध बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    स्याङ्जा बहुमुखी क्याम्पस विहानी सत्र इन्चार्ज मनोज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुलीले स्वागत मन्तब्य र सहजकर्ता नारायणप्रसाद रेग्मीले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा केन्द्रका अध्यक्ष युवराज पराजुली र अपांग समाज स्याङ्जाका अध्यक्ष रामप्रसाद पोखरेलले अपांगता सम्बन्धी अवधारणा, अपांगताका प्रकार, परिचयपत्र र स्वयंसेवक छनौट सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र सहित सहजीकरण गर्नुभएको थियो ।

    सचेतना कार्यक्रममा सोही बिद्यालयमा कक्षा ११, १२ मा अध्ययरत छात्रछात्रालाई सहभागी गराइएको थियो । सहभागी मध्येबाट विशाल उपाध्याय, प्रकृति सुनार र दिलिसा मल्लले अपांगताका क्षेत्रमा स्वयंसेवी भई सेवा गर्नकालागि आ आफना नाम शिफारिस गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.