Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा मालपोत कार्यालयको राजश्वमा गिरावट
    समाचार

    स्याङ्जा मालपोत कार्यालयको राजश्वमा गिरावट

    Syangja SandeshBy Syangja SandeshAugust 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २२ साउन । मालपोत कार्यालय स्याङ्जाले संकलन गर्ने राजश्वमा गिरावट आएको छ । कित्ताकाट र जग्गा वर्गिकरण रोकिदा अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबारमा आएको कमिले पछिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा संकलित राजश्वमा गिरावट आएको हो ।

    आर्थिक वर्ष २०८१÷०८२ मा पाँच करोड २७ लाख ९१ हजार ९२६ रुपैयाँ संकलन गरेको कार्यालयले अघिल्लो वर्ष पाँच करोड ८० लाख ९३ हजार ८२१ रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्षको राजश्वमा ५३ लाख एक हजार ८९५ रुपैयाँ गिरावट आएको छ ।

    कार्यालयले पछिल्लो वर्ष पुँजीगत लाभकरतर्फ एक करोड ६६ लाख २६ हजार ४३२, घरजग्गा रजिष्ट्रेशनमा दुई करोड ७६ लाख २७ हजार ७३७ रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासनिक दण्ड जरिवाना र न्यायिक दस्तुरमा १३ लाख २२ हजार ३५५ संकलन गरेको कार्यालयले सेवा शुल्क र रोक्का दस्तुरमा ७२ लाख १५ हजार ४०२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

    पछिल्लो वर्ष लाभकरतर्फ ५७ लाख दुई हजार ६४२, रजिष्ट्रशनमा चार लाख ५१ हजार ५८८ र जरिवाना र न्यायिक दस्तुरमा चार लाख ७ हजार २३९ रुपैयाँ राजश्व संकलनमा गिरावट आउँदा सेवा शुल्क र रोक्का दस्तुर तर्फ भने १४ लाख २३ हजार ७४७ रुपैयाँ बृद्धि भएको मालपोत प्रमुख बालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

    राजश्व संकलनमा गिरावट आएसँगै अघिल्लो वर्ष घरजग्गाको रजिष्ट्रेशनतर्फ एक हजार ७ धितो बन्धक र ९४५ लिखत पास भएकोमा पछिल्लो वर्ष कारोबारमा समेत कमि आएर धितो बन्धक ९९९ र लिखत पास ९०७ भएको छ ।

    घरजग्गा रजिष्ट्रेशनमा उठेको दुई करोड ७६ लाख २७ हजार ७३७ रुपैयाँ राजश्व मध्ये ६० प्रतिशत अर्थात एक करोड ६४ लाख १० हजार ८७५ रुपैयाँ सिफारिस गर्ने पालिकामा फिर्ता भएको छ । रजिष्ट्रेशन दस्तुरतर्फ बाँकी रहेको ४० प्रतिशत रकम प्रदेश सरकारमा गएको मालपोत कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार विगदेखि कित्ताकाट नहुँदा, जग्गा वर्गिकरण हुन नसक्दा राजश्व संकलनमा गिरावट आएको हो । जिल्लाका ११ पालिका मध्ये अधिकांशले जग्गाको वर्गिकरण गरेर पूर्नमुल्याङ्क गरेका छैनन् भने धेरै पालिकाले सडक निर्माण गरेरपनि २०६० देखि हाल साविक (अपडेट) नगर्दा राज्यलाई करोडौ मुल्य बराबरको राजश्व गुमेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.