स्याङ्जा २४ मंसिर । आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनकालागि नेपाली कांग्रे स्याङ्जाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाकालागि राजु थापा, धनराज गुरुङ, अजित क्षेत्री, मेखलाल श्रेष्ठ, गोबिन्द रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना कुमार, खुमाप्रसाद अर्याल, भरतराज ढकाल, इन्द्र रिजाल, बन्दना लम्सालगरी ११ जनाको नाम सिफारिश गरिएको छ ।
यसैगरी, समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारीको नाम पनि केन्द्रीय कार्यालयमा पठाइएको छ ।
क्षेत्र नं. २ बाट भागवतप्रकाश मल्ल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, शेषकान्त पुरी, केदार काफले, खुमाप्रसाद अर्याल, बिष्णु पौडेल, युवराज पाण्डेय, धु्रव पंगेनी, माया राना र श्याम बश्यालको नाम सिफारिशको सूचीमा परेको छ ।
समानुपातिकतर्फ भूमा शर्मा पाण्डेय, तुलसी नेपाल, देवका राना, बिमला श्रेष्ठ, लीलबहादुर रनपाल र सूर्य माझी छन् ।
राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट एकजना महिला र एकजना जनजाति पुरुषका लागि कांग्रेस एमालेको चुनावी तालमेलकालागी १० जना पुरुष र ४ जना महिलाको नाम पार्टी केन्द्रमा सिफारिश गरिएको छ ।
जस अनुसार खुला तर्फ गोपालमान श्रेष्ठ, शंकरप्रसाद पाण्डेय, तारापति सुवेदी, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, कमलबहादुर खडका, शेरबहादुर थापा, जीवलाल काफले, श्यामप्रसाद अर्याल र जलेश्वर पाण्डेयको नाम सिफारिश गरिएको छ ।
राष्ट्रियसभाकालागि महिलातर्फ प्रेमकुमारी रेग्मी, अम्बिका पौडेल, मन्जु पनेरु र हिरादेवी शर्माको नाम पनि सिफारिशको सूचीमा परेको छ ।
