स्याङ्जा, २२ साउन ।स्याङ्जा जिल्ला अदालतले लक्ष्य भन्दा झण्डै ९ प्रतिशत बढी मुद्धा फछर्योटगरि गण्डकी प्रदेशमा उत्कृष्ठ बनेको छ ।
स्याङ्जा जिल्ला अदालतद्धारा बिहीवार आयोजित मुद्धा दर्ता, फछर्योट सम्बन्धी बिषयमा पत्रकार अन्र्तक्रिया कार्यक्रम मार्फत सो को जानकारी गराइएको हो ।
अदालतले आर्थिक बर्ष २०८१÷०८२ मा ६८ प्रतिशत मद्धा फस्र्योट गर्ने लक्ष्य लिएकोमा ७६ दशमलब ८२ प्रतिशत मुद्धा फछर्योट गर्न सफल भएको श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।
पाँच बर्षको तुलनात्मक विश्लेषण गर्दा आर्थिक बर्ष ०७७÷०७८ मा ५९ दशमलब २३ प्रतिशत, ०७८÷७९ मा ६३ दशमलब ११ प्रतिशत, ०७९÷०८० मा ७० दशमलब २४ प्रतिशत, ०८०÷०८१ मा ७४ प्रतिशत र ०८१÷८२ मा ७६ दशमलब ८२ प्रतिशत फछर्यौट भएको उल्लेख छ।
अदालतमा जिम्मेवारी सरी आएका ३ सय ५२ मुद्धा थिए । ती मुद्धाका आधारमा नयाँ दर्ता १ हजार ७ वटागरि १ हजार ३ सय ५९ मुद्धा रहे । जिम्मेवारी सरी आएका मध्ये ३ सय २८ र नयाँ दता भएका मध्ये ७ सय १६ मुद्धागरि कुल १ हजार ४४ फस्र्योटगरि अब ३ सय १५ बाँकी रहेका छन् ।
अदालतमा २ बर्ष नाघेका मुद्धा एउटा पनि रहेका छैनन भने महिना भित्र २ सय ५० वटा, एक बर्षभित्र ४१ वटा, १८ महिनाभित्र २४ वटा फछर्यौट भएका जनाइएको छ ।
दुनियाबादी देवानी, दुनियाबादी फौजदारी, सरकारवादी फौजदारी, दुनियावादी देवाी र सरकारवादी फौजदारी अन्र्तगत ती मुद्धा रहेका हुन ।दुनियाबादी देवानीतर्फ ८० प्रतिशत, दुनियावादी फौजदारीतर्फ ६६ प्रतिशत, सरकारवादी फौजदारीतर्फ ६८ प्रतिशत, दुनियावादी देवानीतर्फ र सरकारवादी फौजदारीतर्फ सत प्रतिशत सफलता मिलेको छ ।
दुई दरबन्दी रहेको स्याङजामा प्रमुख न्यायधीशको बासुदेव पौडेल र न्यायधीश सरिता रायमाझी दुबैले गोलाप्रथाद्धारा मुद्धा सुन्ने तथा फैसला गर्ने गरेका छन् ।
यसैगरी, मेलमिलापको माध्यमबाट पनि केही मुद्धाहरु किनारा लगाउने गरिएका छन । सोही बमोजिम मेलमिलापतर्फ आएका १ सय ९४ मुद्धा मध्ये ३८ वटा अर्थात २७ प्रतिशत सफल भएको र ५४ प्रतिशत अर्थात १ सय २ वटा असफल भएका छन । जिल्ला अदालतमा १७ जना सूचिकृत मेलमिलापकर्ता छन् ।
पत्रकारका जिज्ञासाको जवाफ दिदै प्रमुख न्यायधीश पौडेलले अदालतका गतिबिधिका बारेमा आमनागरिक समक्ष सूसूचित गराउन आग्रह गर्नुभयो । अदालतबाट सम्पादित सहि काम छन भने तिनका प्रशंसा र गलत काम हुन गएछन भने स्वस्थ आलोचना गरिदिन समेत आग्रह गर्दै पत्रकारका सल्लाह सुझावले न्याय सम्पादनमा अघि बढ्न सहयोग पुग्ने उहाले आग्रह गर्नुभयो । आम नागरिक, सेवाग्राही पत्रकारका सहयोगले गत आर्थिक बर्षमा स्याङजा जिल्ला देशभरमै उत्कृष्ठ भै पुरस्कृत भएको जानकारी गराउनुभयो ।
पत्रकार अन्र्तक्रियामा न्यायधीश सरिता रायमाझी, तहसिलदार रामप्रसाद पन्थी, सूचना प्रबिधि सहायक श्रीकृष्ण तिमिल्सिना र नायब सुब्बा शोभाकान्त पौडेल, पत्रकार महासंघका अध्यक्ष प्रदीप कोइराला लगायत जिल्लास्थित क्रियाशिल एक दर्जन पत्रकारको सहभागिता थियो ।