Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन
    अर्थ

    स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन

    Syangja SandeshBy Syangja SandeshJanuary 1, 2025No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ पुस । मुलुकमै सुन्तलाका नामले ख्याती कमाएको स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गतबर्षको तुलनामा यसबर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत बृद्धि भएको छ ।

    अघिल्लो बर्ष अत्याधिक सुन्तला उत्पादन भएको थियो। गतबर्ष सुन्तला उत्पादन कम भयो। तर, अहिले राम्रो उत्पादन भएको किसानको भनाई छ । एक बर्ष अत्याधिक सुन्तला उत्पादन हुने र अर्को बर्ष कम हुने गरेको बिगतदेखिको तथ्यांकमा हेर्न पाईन्छ ।
    यसबर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो बर्ष २२ हजार मेट्रिक टन र गतबर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

    २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ। ती मध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कदो अवस्थाका सुन्तला छन्। जिल्लाभर ४ हजार भन्दा बढी सुन्तला ब्यावसायी किसान छन्।
    यहाँका ११ पालिकाका ९७ वडामध्ये ७÷८ वडा बाहेक सबै वडाहरुमा सुन्तलाको उत्पादन राम्रो छ। कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडा बाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती बिस्तार भएका छन ।

    वि.सं. २०७३ सालमा सुन्तला जोन संचालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागु भएको थियो। पछिल्ला केही बर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ । सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रम मार्फत जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाई कार्यालयले जनाएको छ ।

    स्थानीय पालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना र कृषि ज्ञान केन्द्र मार्फत पनि किसानलाई आवश्यक सहयोग हुदै आएको छ । तर, सुपरजोन परियोजनाको भने सहयोग उल्लेख्य छ । सुन्तला रोपण र उत्पादनमा जोड दिदै यसका लागि वनजंगल फडानीदेखि सुन्तला रोपण, स्याहार संभार, खाद्य पोषण लगायत सम्मका गतिबिधि र उपकरण खरिद लगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुबिधा उपलब्ध गराउदै आएको बरिष्ट कृषि अधिकृत अजय अधिकारीले जानकारी दिनुभयो ।

    सुन्तला उत्पादनका लागि उपयुक्त भुगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ। सुन्तलावाटै बर्षेनी करोडौं रुपैंया भित्रयाइन्छ यहाँ। यहाँका पाखा, पखेरा र खेत बारीका गहगह्रामा सुन्तला झुलेका छन्। हिजोआज सुन्तला पाकेर पहेंलपुर बनेका छन।

    सुन्तला बिरुवा रोपेको ५ देखि ६ बर्षभित्रमा फल दिने हुदाँ किसानको बिशेष रुची सुन्तला खेतीमा हुन्छ। अझ कलमी बिरुवाले त रोपेको दुई÷तीन बर्षमै फल दिन थाल्छ। बर्षको दुई÷चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन हुन्छ बर्षेनी ५ देखि ३० लाख रुपैंयासम्म नगद आम्दानी गर्ने दर्जनौं किसान छन् यहाँ ।

    यहाँका प्रायजसो सबैका घर घर सुन्तलाका बिरुवा छन्। स्थानीय पालिकाले पनि सुन्तलालाई बिशेष प्राथमिकतामा राखेको पाइन्छ। सबैभन्दा धेरै पुतलीवजार नगरपालिकामा सुन्तला उत्पादन हुन्छ । कुल उत्पादनको ३० प्रतिशत भन्दा बढी पुतलीबजारमा सुन्तला उत्पादन हुने गर्दछ ।

    पुतलीबजार, वालिङ्, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्याधिक सुन्तला खेती हुन्छ । यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। कालीगण्डकी, चापाकोट र हरिनासका केही बडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ ।

    स्याङ्जामा आन्तरिक रुपमा कातिकको अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ। सुन्तला ब्यापारी पनि मंसिर पहिलोसातादेखि नै किसानका घर बगैंचामै पुगेर किन्ने गर्छन । अहिले सुन्तला ब्यापारी बगैंचामा पुगिसकेका छन्। यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, चितवन, नारायणघाट, काठमाण्डौं हो ।

    यहाँका सुन्तला चिल्ला, रातो तथा पहेंलो रंग भरिएको, पातलो बोक्रा, खादा स्वादिलो र गुलियो पन धेरै भएकाले खरिदकर्ताको रोजाईमा पनि स्याङ्जाका सुन्तला पर्ने गरेको भीरकोटका युवा सुन्तला किसान ताराप्रसाद अर्यालको भनाई छ ।

    यहाँ उत्पादित सुन्तला मध्ये १० प्रतिशत खाने, आफना आफन्तलाई उपहार दिने र आन्तरिक बजारमा बिक्री बितरण गरिन्छ भने ९० प्रतिशत जिल्ला बाहिर बजारीकरण गर्ने गरिन्छ । अहिलेसम्म करिब ४५ प्रतिशत सुन्तला बिक्री भैसकेको छ। ब्यापारिले बगैंचामा पुगेर किलोमा सुन्तला खरिद गर्ने गरेका छन ।

    सुन्तलाबाट प्रतिकिसानले बर्षेनी एक लाखदेखि ३० लाख रुपैंयासम्म आम्दानी गर्दै आएका छन्। सुन्तलाका लागि उपयुक्त भुगोल भएका कारण यहाँका पाखा पखेरा समेत सुन्तलाले भरिएका छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.