Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 22
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजा अस्पतालबाट विस्तारित सेवा
    समाचार

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    Syangja SandeshBy Syangja SandeshAugust 22, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ भदौ । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा रहेको प्रदेश अस्पतालले विस्तारित सेवा प्रदान गर्ने भएको छ । अस्पताल ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    सर्वसाधारण जनताको पहुँच सहज बनाउन, अस्पतालबाट गुणस्तरीय बिशेषज्ञ सेवा प्रदान गनर्, नयाँ तरिकाले अस्पताल संचालकको तयारीमा रहेको समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले बताउनुभयो । पचास शैयाको उक्त अस्पतालबाट अबदेखि १३ प्रकारको बिशेषज्ञ सेवा प्रदान गरिने छ । अस्पतालका प्रमुख डा. सुशील मरासिनीका अनुसार स्थायी र करार सेवाका १ सय कर्मचारीबाट सेवा प्रदान गरिदै आएकोमा ५० शैयाको अस्पताल भएससंगै १४१ बिशेषज्ञ चिकित्सक सहितको कर्मचारी दरबन्दी स्वीकृत भएको छ ।

    भौगोलिक बनोटका हिसावले स्याङ्जाको सदरमुकाम स्याङ्जा बजार, प्रगतीनगर, बाडखोला, देवानचोक, पुतलीखेत, कुमालगाउँमा छरिएर रहेको छ । सेवाग्राहीले एकै स्थानबाट सेवा प्राप्त गर्न संभव छैन । अझ अस्पतालको सेवा लिन झन कठिन छ । किनकि प्रदेश अस्पताल पुतलीबजार ३ कुमालगाउँमा अवस्थित छ । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न आन्तरिक श्रोतबाट ५० लाखमा विरामी ओसार्ने बिद्युतीय सवारी साधन खरिद गर्ने पनि समितिले निर्णय गरेको छ ।

    समितिका सदस्य थमनारायण शर्माले दिएको जानकारी अनुसार उक्त गाडीले स्याङ्जा बजारबाट आधाआधा घण्टाको फरकमा छुट्नेगरी स्याङजा, प्रगतीनगर, मजुवा, बाडखोला, गोदगोदे हुदै अस्पताल पुरयाउने र अस्पतालबाट पुतलीखेत, नारायणस्थान, प्रगतीनगर, घुम्ति हुदै स्याङ्जासम्मका सर्वसाधारण सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्नेछ ।

    समितिले आन्तरिक श्रोतबाटै चिकित्सक सहितको फार्मेसी सेवा पनि स्याङ्जा बजारबाट दिने भएको छ । सामान्य स्वास्थ्य परीक्षण पश्चात बिरामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सिफरिश गर्ने प्रवन्ध सहितको ब्यवस्था मिलाइएको छ । समितिमा समन्वय समितिका प्रमुख सहित पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रजिअ इश्वरीप्रसाद अर्याल, प्रमुख कोष नियन्त्रक थमनारायण शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. सुशिल मरासिनी रहेका छन् ।

    अस्पताललाई अझ सुब्यवस्थित तरिकाले संचालन गर्न, गुणस्तरीय बिशेषज्ञ सेवा प्रदान गर्न, सेवाग्राहीको मन जित्न र विशेष परिस्थिति बाहेक यहीबाट आवश्यक सेवा उपलब्ध गराउन के गर्न सकिन्छ ? त्यसका लागि मेसु डा. सुशिल मरासिनीले एक अवधारणा पत्र प्रस्तुत गर्नेछन । त्यसैका आधारमा अस्पतालले आफनो मार्गचित्र स्पष्ट पार्नेछ बैठकमा सहभागी प्रमुख कोष नियन्त्रक शर्माले बताए ।
    अस्पतालले ओपीडी, इमर्जेन्सी, बिरामी भर्ना, जेष्ठ नागरिक, डेन्टल, आँखा, फिजियोथेरापी, भीडीयो एक्सरे, इसीजी, ल्याब जाँच, सुत्केरी, खोप, डायलायसिस, शल्यक्रिया, पोष्टमार्टम सेवा प्रदान गर्दै आएको छ । उपरोक्त सेवा प्रदान गर्न गत आवमा अस्पतालले ६ करोड, ५० लाख २९ हजार २७० रुपैया यथार्थ खर्च गरेको थियो ।

    अस्पतालको सेवा संचालनका लागि संघीयतर्फ बित्तीय समानीकरण अनुदान, चालु र पूँजीगत खर्च वापतको बजेट र प्रदेश तथा स्थानीय सरकारबाट आवश्यकता बोध भए अनुसार उपलब्ध गराइएको स्रोतबाट खर्च गर्नेगरी सेवाग्राहीलाई सेवा प्रदान गरिदै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025

    ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.