स्याङ्जा ११ भदौ । आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा २२ बर्षिय रामकिसन गुरुङ् पक्राउ परेका छन ।
पुतलीबजार नगरपालिका २ स्थित चिरुवामा हालेै उदघाटनगरि संचालनमा आएको स्वास्थ्य केन्द्रका ढोका झयालका शिशा तोडफोड गरेको भन्दै प्रहरीले गुरुङ्लाई पक्राउ गरि अनुसन्धान जारी राखेको जनाएको छ ।
आइतवार राती स्वास्थ्य केन्द्रको झयाल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङ सोमबार पक्राउ परेका हुन ।
सोही वडाका गुरुङ्लाई पक्राउगरी आपराधिक उपद्रप गरेको कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ। स्याङ्जा अदालतले १० दिनको म्याद थप गरेको छ ।