स्याङ्जा १३ साउन । सुन्तलाका दाना झर्न थालेपछि स्याङ्जाका किसान चिन्तित बनेका छन । हरिया र पुष्टीदै गरेका राम्रा दाना भईसकेका बेला सुन्तला झर्न थालेपछि सुन्तला किसान चिन्तित भएका हुन ।
सुन्तला झर्ने गरेको गुनासा लिएर सुन्तला किसानहरु कार्यालयमा आउने गरेको प्रधानमन्त्री कृषि आधुनिकिरण सुन्तला सुपरजोन परियोजनाका प्राबिधिक प्रमुख ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सुन्तलामा २ कारणबाट सुन्तला झर्ने गरेको सुवेदीले सुनाउनुभयो । उहाले भन्नुभयो, ‘अत्याधिक गर्मि, त्यसपछिको बर्षा र सुन्तलामा पतेराका आक्रमणले सुन्तला झरे । पतेरा नियन्त्रण सम्बन्धी जानकारी एवं बिषादीको उपयोगका बारेमा सिकाएर पठाएका छौं।’
मध्य साउन भइसक्दा पनि प्रयाप्त बर्षा भएको छैंन। सुन्तलाका बोटको राम्रो गोडमेल स्याहार, सरसफाईमा ध्यान दिनुपर्छ। आवश्यकता बमोजिम खाद्यान्न, मल, जल चाहिन्छ । मानिसलाई झैं पोैष्टिक तत्व र भिटामिन पनि दिनुपर्छ’ प्राबिधिक सुवेदीले भन्नुभयो ।
सुपरजोन संचालक समितिका अध्यक्ष बोधराज अर्याल पनि सुन्तला झर्ने समस्याबाट आफु पनि प्रताडित भएकोे बताउनुहुन्छ । पुतलीबजार नगरपालिका १० का मुक्ति अधिकारीले बोटमा लागेका फल मध्ये झण्डै ३० प्रतिशत जति झरेको बताउनुभयो । दिनहुँजसो सुन्तलाका दाना झरेका छन । झर्न कम भएको छैंन उहाको भनाई छ ।
स्याङ्जा सुन्तलाका लागि प्रख्यात छ । सुन्तलाका लागि उपयुक्त हावापानी भएका कारण अन्नमा भन्दा जिल्लाबासीले सुन्तला उत्पादनमा बढी जोड दिएका हुन्छन । सुन्तलाका लागि उर्वर स्थल भएका कारण यहाँ सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ। परियोजनाले धेरै किसानलाई सहयोग गर्नुका साथै सुन्तला ब्यवसायी बनाउन सहयोग पुुरयाएको अध्यक्ष अर्यालको भनाई छ ।
जिल्लाभर झण्डै २ हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । ती मध्ये ६० प्रतिशतले उत्पादन दिएका छन भने ४० प्रतिशत हुर्कदो अवस्थाका रहेको सुन्तला सुपरजोन कार्यालय प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । बर्षेनीय यहाँ लाखौं रुपैंयाका सुन्तलाको कारोवार हुनेगर्दछ।
गतबर्ष स्याङ्जाका किसानले १ अरब १२ करोड नगद हात पारेका थिए । सुन्तलाका लागि बिजु बिरुवाले ५÷६ बर्षपछि र कलमी बिरुवाले २÷३ बर्षमा फल दिने गर्दछ । स्याङ्जाका एघार वटै पालिका ९७ वडा मध्ये ५÷६ वडा बाहेक सबै वडामा सुन्तला खेती गरिएका छन ।
सयौं परिवार सुन्तला खेतीबाटै आफनो जिविकोपार्जन गर्दै आएका छन्। यहाँ स्थानीयदेखि जापानी, उन्सु, खोकु लगायतका मौसमी तथा बेमौसमी सुन्तला खेती पनि गरिनछन्। सुन्तला किसानहरु आर्थिकरुपमा सक्षम भएका छन । मनग्येै कमाउन सफल छन्। एउटै किसानले एक मौसममा सुन्तलाबाट २५ लाख भन्दाबढी आम्दानी गर्दै आएका छन्। यस्तो ठूलो मात्रामा सुन्तलाबाट आम्दानी लिनेको संख्या दर्जनौं छ । कात्तिकको अन्तिम सातादेखि सुन्तला खानका लागि तयार हुन्छन ।