Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    समाचार

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १६ कातिक । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादन बढेकोे छ । अनुकूल मौसम, रोगकिराको कम सङ्क्रमण र सुन्तला उत्पादन दिने बोटको संख्यामा वृद्धि भएसँगै गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको अनुमान गरिएको होे ।

    झण्डै एक दशकअघि ८ सय ५० हेक्टरमा सुन्तला खेती गरिदै आएकोमा पछिल्लो वर्षको तथ्याङ्क अनुसार जिल्लामा दुई हजार ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । सुन्तला फूल्ने र दाना लाग्ने मौसममा प्राकृतिक रुपमा असिना पानी कम परेको र रोगकिराको संक्रमण कम भएका कारणले उत्पादनमा वृद्धि हने अनुमान गरिएको छ ।

    चालु सिजनमा २२ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षकै मूल्यमा कारोबार भए जिल्लाका सुन्तला उत्पादक किसानले एक अर्ब ३० करोड भन्दा आम्दानी गर्ने छन् । गत वर्ष उत्पादित १९ हजार मेट्रिकटन सुन्तला बिक्रीबाट किसानले करिब एक अर्ब १२ करोड आम्दानी लिन सफल भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो ।

    विगतका वर्षको तुलनामा चालु वर्ष सुुन्तला उत्पादन बढ्ने भएपछि किसानहरु खुसी भएका छन । अनुुकुूल मौसम, रोगकिराको न्यून प्रभाव, राम्रा र रसिला दाना भएका सुन्तलाले बजारमा राम्रो मूल्य पाउँदै आएको सुन्तला उत्पादक किसानले बताए । सुन्तलामा गुलियो पसिसकेको छ भने पहेँलो बन्ने क्रममा रहेको उहाको भनाई छ ।

    स्याङ्जामा उत्पादित सुन्तलाको माग धेरै भएकाले बजारमा बिक्री हुन थालेको सुन्तला सुपरजोन संचालक समितिका अध्यक्ष बोधराज अर्यालले बताउनुभयो । उहाका अनुसार सुन्तला खरिदका लागि (सुन्तला ठेकेदार) व्यापारी गाउँगाउँ पुगेका छन् । कतिपय व्यापारीले सुन्तला खरिद गरेर बिक्रीका लागि बजार पुरयाएका छन् ।

    पछिल्लो समय जिल्लामा व्यावसायिक सुन्तला खेती गर्नेको संख्यामा समेत वृद्धि हुँदै गएको छ । बजारमा राम्रो मूल्य पाइने र अन्य खेतीको तुलनामा धेरै मेहनत गर्न नपर्ने भएपछि किसान सुन्तला खेतीतर्फ आकर्षण बढेको छ । स्थानीय तहसँगै प्रदेश र संघ सरकारले सुन्तला किसानलाई प्राथमिकता दिएर सहयोग गर्दै आएको छ ।

    भुगोल र सुन्तलाका जात अनुसार स्याङ्जामा साउनदेखि फागुनसम्म सुन्तला उत्पादन र बिक्री हुने गरेको छ । पछिल्लो समय सुन्तला व्यवसायलाई मुख्य आम्दानीको श्रोत बनाउने किसानको संख्यामा वृद्धि हुँदै गएको छ । जिल्लामा सुन्तला बगैँचाको वृद्धिसँगै उत्पादक किसान थपिने क्रम बढ्दै गएको जिल्लाका अगुवा किसान फणीनारायण अर्यालको भनाई छ ।

    स्याङ्जाका ११ वटै पालिकाका प्रायः सबै क्षेत्रमा व्यवसायिक रुपमा सुन्तला खेती गरिदै आएको छ । जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकासहित फेदिखोला, आँधीखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिकाका अधिकांश वडा सुन्तलाका पकेट क्षेत्र हुन् ।

    सुन्तलाबाट प्रतिकिसानले वर्षेनी एक लाखदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । प्रतिहेक्टर १४ देखि १७ मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको छ । बिरुवा रोपेको पाँच वर्षभित्रमा सुन्तलाले फल दिने गर्छ, अझ कलमी जातको बिरुवाले रोपेको तीन वर्षमै फल दिने गरेको किसानका भनाई छन । वर्षेनी ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी लिनसक्ने जिल्लामा सुन्तला उत्पादक दर्जनौं किसान छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.