Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्थानीय उत्पादनको प्रचार, संरक्षण र प्रर्बद्धन महोत्सवको महत्व — पूर्वमन्त्री श्रेष्ठ
    समाचार

    स्थानीय उत्पादनको प्रचार, संरक्षण र प्रर्बद्धन महोत्सवको महत्व — पूर्वमन्त्री श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshFebruary 23, 2025Updated:February 23, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० फागुुन । गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास पूर्वमन्त्री मेखलाल श्रेष्ठले स्याङजाको स्थानीय उत्पादनलाई प्रचारप्रसार, प्रर्बद्धन एवं संरक्षण गर्न यस्ता मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    सातौ स्याङ्जा महोत्सवको पाँचौ दिनमा महोत्सवको स्थलगत निरीक्षण एवं अवलोकन, निरीक्षणपछि सम्बोधन गर्दै जिल्लाका उत्पादन, बजारीकरण र प्रवद्र्धनलाई सहयोग पुग्ने जनाउदै यहाँका फलफूल तथा तरकारीको उत्पादकत्व बढाउनु पर्नेमा जोड दिनुभयो ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति समेत रहनु भएका श्रेष्ठले समग्र स्याङजाको उन्नती, समृद्धि र विकासका लागि सदैव सहयोग गर्ने बताउनुभयो ।

    यसैगरी, महोत्सवको पाचौ दिन कलाकार पुस्कल शर्मा, चोलेन्द्र पौडेल , सुबोध गौतम, रोशन विसी, नविना सुवेदी, सविना गुरुङ, तनु मगर, घनश्याम रिजाल, विक्रम सम्बत लगायत झण्डै दर्जन कलाकारहरुले गीत, नृत्य, प्रहसन, क्यारिकेचर लगायतका अभिनय गरेर दर्शकलाई मनोरन्जन प्रदान गर्नुभएको थियो ।

    स्याङ्जा महोत्सवमा बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी, हस्तकला प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत भईरहेका छन् ।

    महोत्सवमा अगुवा कृषक तथा कृषि विशेषज्ञ बीचको अन्तरक्रिया कार्यक्रम, पश्चिमाञ्चल क्षेत्रका विभिन्न ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलहरूको फोटो प्रदर्शनी, महोत्सवस्थलबाट पशुपंक्षी, अटोमोवाइलहरूको प्रदर्शनी तथा विशेष छुटसहित बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाइएको छ ।

    महोत्सवमा सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी सहित विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिदै आएको छ ।

    स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको हो । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित प्रदेश स्तरको सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव फाल्गुन १८ गते सम्म चल्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.