Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट
    वालिङ् नगरपालिका

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    Syangja SandeshBy Syangja SandeshJuly 25, 2025Updated:July 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ ९ साउन । स्याङजा जिल्लाका स्थानीय तहहरुले आफ्नो पालिकामा भएको असल अभ्यास आदान प्रदान गरेका छन् । वालिङ नगरपालिकाको आयोजना तथा स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड र एशिया फाउण्डेशनकोको सहकार्यमा सिकाइ आदान प्रदान गरिएको हो ।

    कार्यक्रममा स्याङजाका विभिन्न पालिकाले आ–आफ्ना तहमा भएका सफल कार्यक्रम, अभ्यास र नीतिहरू प्रस्तुत गर्दै अन्य पालिकालाई पनि अनुकरणीय बन्न सक्ने खालका सन्देशहरू आदान–प्रदान गरेका थिए। वालिङ नगरपालिकाको स्वास्थ्य सेवा, भिरकोट नगरपालिकाको सरसफाई केन्द« ,पुतलीबजार नगरपालिकाको उपमेयरसँग सुत्केरी आमा , गल्याङ नगरपालिकाको कृषकसँग कृषि प्राविधिक कार्यक्रम नमुना अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो ।

    यस्तै अर्जुनचौपारी गाउँपालिकाको आमासमुह मोडेल र हरिनास गाउँपालिकाको पूर्वाधार विकास कार्यक्रमलाई असल अभ्यासको रुपमा प्रस्तुत गरिएको थियो । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्थानीय तहहरुको साझा मुद्धा सहित अन्तरपालिका स्तरीय कार्यक्रम संचालन गर्न पालिका प्रमुखहरुको फोरम तयार गरिने बताउनुभयो ।

    सहभागी जनप्रतिनिधिहरूले ‘एक पालिका, एक उत्पादन नीतिलाई प्राथमिकतामा राख्दै त्यसअनुसार योजना निर्माण र बजेट विनियोजन गर्नुपर्ने धारणा राखे। त्यस्तै, प्रदेश सरकारबाट सञ्चालनमा आएका योजनाहरूमा समेत स्थानीय तहलाई अनुगमन र सहभागिता सुनिश्चित गरिनुपर्ने माग जनप्रतिनिधिहरूले राखेका छन् ।

    प्रदेश सरकारको योजना स्थानीय स्तरमा कसरी कार्यान्वयन भइरहेको छ भन्ने हाम्रै पहुँचमा हुनु आवश्यक छ ,वालिङ नगरपालिकाको उपप्रमुख कविता तिवारी(गैरे) भन्नुहुन्छ , ‘योजनाको अन्तिममा सिफारिस लिन आउँदा मात्र हाम्रै पालिकाभित्र भएको कार्यक्रम थहा हुनु समस्याको विषय हो ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछानेले स्थानीय स्तरमा योजना वैंकको अवधारणा प्रदेश सरकारले अघि सारेको तर टुक्रे बजेटको प्रभावमा यसको कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

    सोही कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष श्री प्रसाद जिटी , उपाध्यक्ष खडग राज सुवेदी ,पुतलीबजार नगरपालिकाका उपमेयर देवी अर्याल , अर्जुनचौपारी गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ लगायतले यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.