Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 20
    Trending
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    • बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
    • नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    अर्जुनचौपारी गाउँपालिका

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    Syangja SandeshBy Syangja SandeshNovember 20, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ मंसिर । अर्जुनचौपारी गाउंपालिकाले नेपालमै पहिलो पटक ध्वनि चिकित्सा पद्धतीबाट उपचार सेवा सुरु गरेको छ । गाउँपालिकाले बुधवारदेखि बिधिबत रुपमा साउण्ड हिलिङ सेन्टरको स्थापनागरि उपचार सेवा सुरु गरेको हो ।

    अर्जुनचौपारि गाउंपालिका १ स्थित नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा अमृत समयको मुहर्त पारेर गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले शुभारम्भ गर्नु भएको हो ।

    मानिसमा ब्यस्तता बढेसंगै तनाव हुने र जसका कारण शरीरका महत्वपूर्ण ऊर्जा क्षीण भई रोगविरूद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदा रोगप्रति संवेदनशील बन्न पुग्ने अध्यक्ष तिवारीको भनाई छ । उहाले थप्नुभयो, ‘त्यतीबेला प्राकृतिक रुपमा निको पार्ने शक्ति र ऊर्जाको अभावमा मानिसले उर्जा गुमाउँछ । तर, यस्तो बेला ध्वनि उपचार वरदान साबित हुन सक्छ।’

    मानिसलाई बिभिन्न सप्त धातुहरुबाट निर्मित उपकरणहरुको प्रयोगगरि शरिर मन र आत्मालाइ ध्वनिको माध्यमबाट शुद्धगरि सप्त चक्रलाइ क्रियाशिल गराउदै सकरात्मक सोंचको बिकास गराउंदै उर्जा प्रदान गर्ने पालिकाको उदेश्य हो ।

    अर्जुनचौपारी गाउपालिका द्वारा संचालित विभिन्न नवप्रवर्तनशिल कार्यहरु मध्ये ध्वनी चिकित्सा पद्धतीद्वारा अर्जुनचौपारीलाई वेलनेश टुरिजमको लागि गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको पनि अध्यक्ष तिवारीको भनाई छ ।

    कार्यक्रममा उपाध्यक्ष सपना गुरुङले नेपालमै पहिलो पटक अर्जुनचौपारीद्वारा शुरु गरिएको ध्वनी चिकित्सा पद्धतीलाई आगामी दिनमा नवग्रह मन्दिरमा आउने भक्तजन तथा उपचार गर्न चाहने जो कोहीलाई पनि गाउँपालिकाले सो सेवा उपलब्ध गराउनेगरी योजना बनाएको जानकारी गराउनुभयो ।

    यसैगरी, वडा १ का अध्यक्ष रणबहादुर थापा र वडा ४ का अध्यक्ष भुवनसिंह गुरुङ लगायत ले ध्वनि उपचार प्रणालीका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक सन्तुलन हुने र ध्वनि उपचारलाई देशभर प्राकृतिक चिकित्साको उपयोगिताका बारेमा जानकारी दिलाउन सकिनेमा जोड दिनुभयो ।

    सो उपचारका लागि गाउँपालिकाले छुट्टै कक्ष, उपकरण सहित तालिम प्राप्त जनशक्तिको समेत ब्यबस्थापन गरिसकेको प्रमुख प्रशासकिय अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो ।

    ध्वनि उपचार पद्धति प्राचीन प्राकृतिक चिकित्सा पद्धति हो । ध्वनि उपचारले शरीरको ऊर्जा क्षेत्र र चक्रहरुसँग सीधा सरोकार राख्छ । जब ऊर्जा क्षेत्र र चक्र सन्तुलित हुन्छ मानव शरीर स्वस्थ बन्छ, त्यसपछि शरीरले स्वतः आफ्नो प्राकृतिक उपचार क्षमतालाई अभिवृद्धि गराउँछ ।

    ध्वनि उपचारले मस्तिष्क र स्नायु प्रणालीलाई प्रभाव पार्न विशेष तरङ्गको प्रयोग गर्छ । सोही तरङ्गको फ्रिक्वेन्सीले मस्तिष्क र स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउँछ । शरीरका ऊर्जा क्षेत्रहरुमा सन्तुलन पुनःस्थापित गर्छ । यसरी शरीर र मनमा रहेका अनेकौँ विकारलाई ध्वनि उपचारबाट निराकरण गर्न सकिन्छ ।

    जसमा चिकित्सकले एक वा बढी ध्वनि कचौरा बजाएर उपचार गर्ने गर्दछन ।कचौरा, मन्दिरका घण्टीहरु र सोही प्रकृतिका वाद्ययन्त्रहरुको सहायताले ध्वनि उपचार गरिन्छ । ध्वनि स्नानले क्रोध, रिस, ईष्र्याबाट छुटकारा दिन्छ । मन र शरीरलाई स्थिर र चङ्गा बनाउछ । हरेक ध्वनिको लय र आवाजमा फरकपन भेटिन्छ । ध्वनि उपचार भनेको गुञ्जन हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.