स्याङ्जा ७ असार । नेपाली कांग्रेसका नेता एवं चापाकोट नगरपालिकाका पूर्वनगरप्रमुख शिवकुमार गिरीको पुण्यतिथी पारेर दिपप्रज्वलन सहित स्मृतिसभाको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस पुतलीबजार नगरपालिका कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १० बरजामा शनिवार साँझ दिपप्रज्वलन गरिएको हो । जुन स्थानमा गिरी सवार साधन दुर्घटनामा परेको थियो ।
सोही दुर्घटनाका कारण गिरीको निधन भएको हो । स्मृतिसभा सहितको दिप प्रज्वलनमा बोल्दै नेपाली कांग्रेस स्याङजाका पूर्वसभापति विश्वप्रेम अधिकारीले स्पष्ट बक्ता पार्टीप्रति इमान्दार र बफादार कर्तब्यनिष्ट गिरीको निधनले नेपाली कांग्रेसको सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । गिरीको निधनले एक होनाहार राजनीतिज्ञलाई गुमाउनु परेको उहाले भन्नुभयो ।
कार्यक्रममा कार्यवाहक सभापति केदार काफले, महासमिति सदस्य देवी अर्यालले गिरीका योगदानका चर्चा गर्नुभएको थियो ।
नेपाली कांग्रेस नगर सभापति सुरज कुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सहसचिव धुववन्धु पौडेलले गर्नुभएको थियो ।
