Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षा क्षेत्रमा उत्कृष्ठ हुने झण्डै २ दर्जनलाई सम्मान गर्दै स्याङ्जामा मनाइयो शिक्षा दिवस
    समाचार

    शिक्षा क्षेत्रमा उत्कृष्ठ हुने झण्डै २ दर्जनलाई सम्मान गर्दै स्याङ्जामा मनाइयो शिक्षा दिवस

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2024Updated:September 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असोज । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको आयोजनामा आयोजित दिवसको उदघाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले शिक्षा आर्जनबाट कोही पनि बंचित हुन नहुने बताउनुभयो । शिक्षा बिना सबै अपूर्ण रहने जनाउदै संस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेको औल्याउनुभयो ।

    शिक्षामा राज्यको लगानी बमोजिम अभिभावक, शिक्षक, बालबालिका लगायत सरोकारवालाले इमान्दारितापूर्वक आ आफना जिम्मेवारी र कर्तब्य पुरा गर्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, आधीखोला गाउपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी सापकोटा, नेपाल शिक्षक महासंघका कार्यवाहक अध्यक्ष बन्दना लम्साल, नेपाल शिक्षक संघ अध्यक्ष पशुपति पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन हिमलाल ढकाल, प्याब्सनका अध्यक्ष मेघराज गैह्रे, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष अमृत खनाल, माध्यमिक बिद्यालय शिक्षक यूनियनका अध्यक्ष गोबिन्द बास्तोला, पूर्णामृत भवानी माविका प्रधानाध्यापक दिपक लम्साल, आदर्श माविमा शिक्षक पिताम्बर पौडेल लगायतले शिक्षाको आवश्यकता र पठन संस्कृतिका बारेमा जोड दिदै सरकारी र संस्थागत बिद्यालयको दुरी कम गराउदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले स्याङ्जाको शेैक्षिक उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा अधिकृत सुरेश सुवेदीले गर्नुभएको थियो ।

    कार्यक्रममा यसबर्ष एसइइमा उत्कृष्ट ४ जीपीए ल्याएका पुतलीबजार नगरपालिका स्थित त्रिभुवन आदर्श माविका सुशान्त मरासीनीलाई लगायत झण्डै २ दर्जन भन्दा बढी ब्यक्ति तथा बिद्यालयलाई सम्मान गरिएको छ ।

    शिक्षा विकास तथा समन्वय विकास इकाई स्याङ्जाका प्राबिधिक सहायक सुमित ग्रैह्रेलाई यसबर्षको उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको छ ।

    एसइईमा जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालयमा पूर्णामृत भवानी मावि वालिङ, प्रघुम्न पनेरु मावि आधीखोला, जनकल्याण मावि र जनज्योती मावि चापाकोट, जन मावि अर्जुनचौेपारीमा अध्यापनरत अंग्रेजी, नेपाली, गणित, बिज्ञान र सामाजिक शिक्षकलाई सम्मान गरिएको छ ।

    यसैगरी, संस्थागततर्फ पिसजोन एकेडेमी वालिङका अंग्रेजी शिक्षक र नेपाल आदर्श मावि वालिङका नेपाली, गणित, बिज्ञान र सामाजिक शिक्षकलाई पनि सम्मान गरिएको हो ।


    पेशागत समर्पण र लगनशीलताका आधारमा माध्यमिक तहतर्फ गंगालाल माविका शिक्षक खेमराज भट्टराई, निम्न माध्यमिक तर्फ राष्ट्रिय माविका लोकराज कोइराला, प्राथमिक तहतर्फका सिर्सेकोट देउरालीका शिक्षक गौमती गुरुङ र पुण्यशिला आविका शिक्षक बन्दना लम्साललाइृ सम्मान गरिएको छ ।
    एसइइमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक बिद्यालयतर्फ सिद्धार्थ मावि फेदिखोला, जनता मावि कालीगण्डकी, जनज्योती मावि चापाकोटलाई सम्मान गरिएको छ ।
    संस्थागततर्फ नेपाल आदर्श मावि वालिङm पिसजोन एजुकेशनल एकेडेकी र सगरमाथा आमाविलाई सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.