स्याङ्जा २७ माघ । पुतलीबजार नगरपालिका ३ बाड्खोला स्थित शिशुनिकेतन अङ्ग्रेजी आवसिय मा वि मा शिशु निकेतन साईन्स एण्ड एजुकेश्नल मेटेरियल एक्स्पो भएको छ ।
विज्ञान तथा प्रविधिसंग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तुलसी राम रेग्मीले यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुग्ने साथै व्यवहारिक सिप, सिर्जनशिलता र ज्ञानको दायरामा उल्लेख्य वृद्धि हुने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुले बनाएका विभिन्न किसिमका सामग्री प्रदर्शनी र विद्यार्थीहरुको सिर्जनशिलता र क्रियाशिलताले आफु हर्षित भएको बताउनुभयो । उहाँले नेपालले पनि अन्य क्षेत्रको तुलनामा सुचना र प्रविधि क्षेत्रको विकासमा फड्को मारिरहेको बताउदै आजको विज्ञान र प्रविधिको युगमा हामी नेपाली पनि त्यही पथ पछ्याउँदै अघि बढ्न सके पक्कै आइटीको क्षेत्रमा अझै प्रगती गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदार, सचिव हरिप्रसाद अर्याल, सदस्य मनोज खड्का, ज्योति आवसिय मा वि का प्रधानाध्यापक बुद्धिसागर त्रिपाठी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय सञ्चालक अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी आकाश सेनले स्वागत र शिक्षकहरु मञ्जु थापा र सोनी गोदारले संचालन गर्नुभएको थियो ।
विद्यार्थीहरुले निर्माण गरेका ६२ वटा विज्ञान, प्रविधि र शैक्षिक सामग्रीहरुको प्रर्दशन गरेका थिए भने सोही बिद्यालय वरपरका भु पु, ,काजीमान, धुर्वोदय, ज्योति, कालिका र हिमालयन आवसिय मा वि का विद्यार्थीहरुले एक्स्पो अवलोकन गरेका थिए ।