Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    भीरकोट नगरपालिका

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    Syangja SandeshBy Syangja SandeshAugust 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १० भदौ । नेपाली महिला जनप्रतिनिधिहरुको कामलाई प्रचारप्रसार गर्ने अभियान अन्तर्गत गत वर्षदेखि सञ्चालन गरिएको ‘शी लिड्स आइकन’ को दोस्रो संस्करण हुने भएको छ । जसका लागि स्याङ्जाको भीरकोट नगरपालिकाबाट नगर उपप्रमुख भगवती रेग्मी अर्याल छनोटमा पर्नुभएको छ ।

    कल्प इम्पावर वेमेनद्वारा आयोजित उक्त आइकन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत सञ्चालित छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि मध्येबाट महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्यसम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधिलाई विश्वसामु परिचित गराउने अभियान शी लिड्स आइकन गर्दै आएको कल्प इम्पावर वेमेनले जनाएको छ ।

    जस अन्तर्गत दोस्रो संस्करणको ३१ उत्कृष्ट सार्वजनिक गर्दै भोट तथा निर्णायकको निर्णयद्वारा आइकन छनोट गरिने बताइएको छ । देशभरका १३१ प्रेरणादायी महिला जनप्रतिनिधिबाट विभिन्न मापदण्डका आधारमा ३१ जना छनोट गरिएकोमा स्याङ्जाबाट भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल छनोट हुनुभएको हो । ‘हामी रोज्दैछौं, हाम्रा प्रतिनिधि’ भन्ने नारासहित शी लिड्स आइकनले अभियान सञ्चालन गरेको हो ।

    आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएका थियो । त्यस मध्ये प्रकिया पूरा भएका १११ आवेदनमध्ये कोशी प्रदेशबाट २०, मधेश प्रदेशबाट १२, बागमती प्रदेशबाट १७, गण्डकी प्रदेशबाट १६, लुम्बिनी प्रदेशबाट १६, कर्णाली प्रदेशबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १६ आवेदन रहेको थियो । यसमध्ये प्रमुख÷अध्यक्षको कुल संख्या १० र उपप्रमुख÷उपाध्यक्षको कुल संख्या १०१ रहेको थियो ।

    १११ महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्य, सञ्चार तथा रणनीतिज्ञ चारु चडड़ा र लैंगिकता र समानता विशेषज्ञ सरु जोशी सहितको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गरेका छन् । अन्तिम छनोटमा ७ प्रमुख र २४ जना उपप्रमुख छन् ।

    गण्डकी प्रदेशबाट स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती रेग्मी अर्याल, पर्वत जिल्लाको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा, लमजुङ् जिल्ला बेशीसहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी अन्तिम प्रतिस्पर्धीका रुपमा छनोट भएको आयोजकले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.