स्याङ्जा ५ साउन । ह्दयघातका कारण निधन भएका यातायात ब्यवसायी भूमिलाल शर्माको परिवारलाई स्याङ्जा गण्डकी यातायात प्रालिले ५० हजार नगद सहयोग प्रदान गरेको छ ।
लामो दूरीको बस चलाएर पोखरा स्थित डेरामा आइपुगेका शर्मा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुरयाउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक शर्मा बस ब्यवसायी मात्र होइनन। सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो। उहाँका पत्नी डीलकुमारी शर्मालाई प्रतिनिधिसभा सदस्य राजु थापा र स्याङजा गण्डकी याातायात प्रालिका अध्यक्ष भानुभक्त बरालले संयुक्तरुपमा ५० हजार नगद प्रदान गर्नुभएको हो ।
मृतक भूमिलालका पत्नी, एक छोरा र एक छोरी छन । छोराछोरीको शिक्षादिक्षामा थप मद्धत पुगोस भन्ने उदेश्यले गण्डकी यातायात प्रालिे उक्त सहयोग गरेको अध्यक्ष भानुभक्त बरालले बताउनुभयो ।