स्याङ्जा २६ भदौ । गत भदौ २३ गते दिनभर शान्तिपूर्ण प्रर्दशनमा उत्रिएको २८ बर्ष मुनीको युवा समूहको प्रर्दशन अपरान्हपछि हिंस्रक गतिबिधिमा उत्रिए पनि त्यसपछिका दिनमा भने स्याङजा शान्त बन्दै गएको छ ।
जेनजी समूहको पूर्व घोषित कार्यतालिका अनुसार जिल्लाका बिभिन्न भागमा दबावमूलक प्रर्दशन गर्ने र अवरुद्ध सामाजिक संजाल खुलाउन, मुलुकमा सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचारमुक्त समाज निर्माणकालागि राज्यलाई दबाव दिने उदेश्यले ८ सेप्टेम्बरका दिन प्रर्दशनको आयोजना गरिएको थियो ।
तर, प्रर्दशन प्रारम्भ भएपछि केही संगठित संस्थाका सदस्य र राजनीतिक दलमा आवद्ध ब्यक्तिहरु पनि प्रर्दशनमा देखिएपछि प्रर्दशन हिंस्रक बन्न पुग्यो । प्रर्दशनकारीले कांग्रेस र एमालेको पार्टी कार्यालय, पुतलीबजार नगरपालिका तोडफोडगरी क्षति पु¥यायो ।
चौकी स्थित वीपी कोइरालाको प्रतिमा ढाल्ने असफल प्रयास गरेपनि सामान्य क्षति पुरयाएर छोडियो । साँझपख प्रर्दशनकारीले पुतलीबजार नगरपालिको बाहिरी प्रवेशद्धार तोडफोडगरी आगजनी समेत गरेका थिए ।
यसैगरी, स्याङ्जा सदरमुकाम र वालिङ क्षेत्रमा नेपाली सेनाको गश्ती प्रारम्भ गरिएको छ भने बिहीवार साँझ ७ बजेबाट शुक्रवार बिहान ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कफर्यू आदेश जारी गरेको छ । स्याङजाको स्थिति सामान्यीकरण तर्फ उन्मुख छ ।