स्याङ्जा ७ बैशाख । पुतलीबजार नगरपालिका ३ लत्रेपिपलका ४० बर्षिय मिलनबिक्रम सेन शनिवार खोलामा मृत भेटिएका छन् ।
पुतलीबजार नगरपालिका ५ जुडी स्थित बाडखोलामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शुक्रवार बेलुका खेतमा पानी लगाउन भनि घरबाट निस्किएका उनी राती अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा घरबाट करिब १ किलोमीटर पर पानीको बीच भागमा उत्तानो अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।
घटनास्थल नजिकै १२ भोल्टको ब्याट्री, तार र माछा राख्ने फुर्लुङ भेटिएको र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी भनाई छ ।