स्याङ्जा ९ असोज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षामा स्याङ्जाका सहभागी परिक्षार्थीमध्ये करिब ३४ प्रतिशत ग्रेडेड (उत्तीर्ण) र ६६ प्रतिशत ननग्रेड भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यका अनुसार, ‘एसईईको ग्रेड बृद्धितर्फ ३३ दशमलब ४८ प्रतिशत उत्र्तीण भए। परिक्षार्थी मध्ये ग्रेडबृद्धिमा ७१७ जना विद्यार्थी सफल भएका छन् । सहभागी मध्ये एक हजार ४२४ जना ननग्रेडेड भए। ननग्रेडेड हुने ६६ दशमलब ५१ प्रतिशत छ । दुइ हजार १४१ बिद्यार्र्थी ग्रेड परिक्षामा सहभागि थिए ।’
ग्रेडेड अन्र्तगत ३.६ देखि ४ जिपिए ल्याउनेमा ४ जना छन्। यसैगरी, ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने १० जना छन ।
यस्तेै, २ दशमलब ८ देखि ३ दशमलब २ जिपिए पाउने १ सय ९६ जना, २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए प्राप्त गर्ने ४२५ जना छन्। यसैगरी, २ दशमबलदेखि २ दशमलब ४ जिपिए ल्याउने गर्ने ८२ जना हुन् ।
राष्ट्रिय नतिजाको तुलनामा स्याङ्जाको नतिजा कमजोर देखिएको र सबै बिषयमा परीक्षा दिन पाउने यसबर्षको ब्यवस्था अनुसार २ बिषय लाग्ने बिद्यार्थी भन्दा अन्य बिद्यार्थील्ो फाइदा लिन नसकेको समन्वय अधिकारी आचार्यले बताउनुभयो ।
एक हजार ४२४ जना अनुत्र्तिण भएका छन ््। २०८० को एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।