Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    चापाकोट नगरपालिका

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    Syangja SandeshBy Syangja SandeshOctober 19, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कातिक । तिहार लागेसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको छ । तिहारमा सयपत्री फूलको माग बढ्ने भएपछि चापाकोट नगरपालिका–१ बेलडाँडाका स्थानीय तुलसीराम भण्डारीले व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । चार वर्षदेखि सामान्य सयपत्री फूलखेती गर्दै आएका पूर्वशिक्षक समेत रहेका भण्डारीले पेशाबाट अवकाश भएसँगै व्यावसायिक रुपमा फूलखेती गर्नुभएको हो ।

    शिक्षण पेशामा रहदा फुर्सदको समयमा व्यावसायिक बन्ने लक्ष्य सहित फूलमा आत्मनिर्भर बन्ने सोच राखेका भण्डारीले गाउँकै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको छ । विगतका वर्षमा एक रोपनी जग्गामा फूलखेती गर्दै आएका भण्डारीले यस वर्षबाट क्षेत्र विस्तार गर्नुभएको छ । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बिस्तारको योजना रहेको उहाले सुनाउनुभयो ।

    ‘पेशाबाट अवकाशपछि मैले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्ने सोच बनाएको थिए ।’ ६० वर्षिय भण्डारीले भन्नुभयोे, ‘पहिलो चरणमा फूलखेती परिक्षण चरणमै थियो, निबृत्त भएपछि व्यावसायिक बनेर अगाडी बढाउन लागेको छु ।’ भण्डारीले अर्गानिक घर तथा कृषि फर्म दर्ता गरी फूलखेती गर्दै आएको जनाउनुभयो । शिक्षण पेशाबाट फुर्सद मिल्यो अब पूर्णरूपमा फूलखेतीमा आफ्नो ध्यान लगाउने उहाले योजना सुनाउनुभयो ।

    तिहारसँगै नेपाल सम्बत र छठमा मात्रै २ हजार ५ सय केजी फूल बिक्री गर्ने योजना रहेको बताउनुभयो । भण्डारीले यसै वर्ष फूल बिक्रीबाट १० लाखसम्म कमाइ हुने अपेक्षा गर्नुभएको छ । गएको वर्ष फूल बिक्री गरेरै झण्डै पाँच लाख आम्दानी गरेको उहाले जानकारी दिनुभयो । फर्मबाट चालु वर्षको हालसम्म करिब ६ लाख मुल्य बराबरको फूलको थुँगा र माला बिक्री भइसकेको उहाले बताउनुभयो ।

    दसैँदेखि तिहारको यस अवधिमा २८० रुपैयाँ प्रतिकिलो फूल बिक्री गरेका भण्डारीले तिहारको समयमा भने धेरै फूल लैजाने र व्यापारीबाटै थोक (एकमुष्ठ) माग भएकाले प्रतिकिलो ३ सय रुपैयाँका दरले फूल बिक्री गर्ने तयारी गर्नुभएको छ । माला उनेर प्रतिमाला ९० रुपैयाँसम्म बिक्री गरेका भण्डारीले स्थानीयस्तरमै खुद्रा मूल्य ३५० रुपैयाँसम्म फूल बिक्री हुने गरेको जानकारी दिनुभयो ।

    बजारमा फूलको माग र आफ्नो खेतीको अवस्था हेर्दा आउँदो मंसिर पुषसम्म सहज रुपमा फूल बेच्न सकिनेमा भण्डारी विश्वस्त छन् । बीउ छनोट र खेती गर्ने तौरतरिकाका बारेमा छोराको साथ पाएका कृषक भण्डारीले ‘म्यारिगोल्ड कर्मा ५५५’ जातको फूल उत्पादन गर्नुभएको हो । अन्य खेतीको तुलनामा फूलखेती गोलमेड, स्याहारमा सहज रहेको उहाको भोगाई छ ।

    फूलको बीउ खरिदमा १० हजार नगद लागत मुल्य परेको र अन्य गोलमेड, स्याहारसम्भार समेतको काम परिवारका सदस्यहरु फुर्सदको सयम मिलेर काम गर्दै आएको छोरा देवीप्रसाद भण्डारीले भन्नुभयो । पछिल्लो समय खेतबारी बाँझो रहने क्रम बढेको भन्दै तुलसीरामले नगदेबालीका रुपमा जुनसुकै खेती गरे पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । बाँझो जमिनको सुदपयोग गर्ने हो भने गाउँमै राम्रो आम्दानी लिन सकिने उहाको पछिल्लो अनुभव छ ।

    उत्पादित फूल, जिल्लाकै वालिङ्, गल्याङ र छिमेकी जिल्ला पाल्पा, कास्की पोखरा, रुपन्देहीको बुटवल र चितवनको भरतपुर तर्फ निर्यात हुँदै आएको छ । बाँदरले अन्नबाली नष्ट गरिदिदा विकल्पमा स्थानीयहरु सयपत्री फूलखेती तर्फ आकर्षित बन्दै गएका छन् । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेपनि मागको तुलनामा फूलको माला र थुँगा पु¥याउन नसकेको भण्डारीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.