Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विकास र समृद्धिमा निजी क्षेत्रको योगदान अत्यावश्यक —मन्त्री पाण्डे
    समाचार

    विकास र समृद्धिमा निजी क्षेत्रको योगदान अत्यावश्यक —मन्त्री पाण्डे

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2025Updated:February 19, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेले विकास र समृद्धिका लागि निजी क्षेत्रको योगदान अत्यावश्यक रहने बताउनुभएको छ । सरकारले मात्र विकास गर्न नसक्ने जनाउदै निजी क्षेत्रले अग्रसरता लिनु पर्नेमा मन्त्री पाण्डेले जोड दिनुभयो ।

    स्याङ्जा सातौं महोत्सवको मंगलबार पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा उदघाटन गर्दै मन्त्री पाण्डेले लगानीमैत्री निती राज्यले बनाईदिने र निजी क्षेत्रले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयोे, ‘निजी क्षेत्र अगाडी आउने हो। निजी क्षेत्रले लगानीमैत्री वातावरण छ। मुनाफा कमाउन सक्छु भनेर अघि सर्नु जरुरी छ ।

    ‘धनीमानी भनेको माफिया र शोषक भन्ने भाष्य बढेको छ । यस्ता भाष्य चिर्दै धनीमानी मानिसलाई देशमै लगानी गर्न र विदेशमा रहेकालाई पनि स्वदेशमा लगानीको वातावरण बनाईदिनुपर्छ।’ उहाले भन्नुभयो , ‘धनि मानिस जहाँ पनि चाहिन्छ। धनी, राज्य ,डक्टर, पानी, बिद्धान छैन भने नबस्नु भनि शास्त्रमा भनिएको छ। देशभित्रकालाई देशमै र विदेशमा रहेकालाई पनि आफनै देशमा लगानी गर्ने वातावरण बनाईदिनुपर्छ।

    मन्त्री पाण्डेका अनुसार, ‘नेपाल जस्तो सुन्दर देशमा लगानी गर्नुहोस् र लाभांस लिन सक्नुहुन्छ भन्नुपर्छ। बिदेशमा कमाउनेलाई देशमा फर्कन अनुरोध गर्नुपर्छ। धनी र पुँजीपतीले लगानी गर्दैगर्दा कर छली नगरोस् भनेर राज्यले निगरानी गर्नुपर्छ। उद्योग संचालन गर्दै कामदार नठगिउन भन्नुपर्छ। धनीमानिसले लगानी गरेर अझै धनी भयो भने कसैलाई घाटा हुदै सबौलाई फाइदै फाइदा पुग्छ।’ सरकारले अध्यादेश मार्फत लगानीमैत्री ऐन बनाउने उहाले दावी गर्नुभयो ।

    ‘केही बर्ष पहिला कुश्मा सुनसान थियो। म्याग्दी, मुस्ताङ हुदै मुक्तिनाथ पुगिन्थ्यो। सरकारले वातावरण बनायो। कुश्मामा ५÷६ जना युवा मिलेर निजी क्षेत्रबाट बन्जीजम्पको सुरुवात गरेसंगै चहलपहल र आर्थिक चलायमान भएको छ। आज दैनिक हजार भन्दा धेरै ब्यक्ति कुश्मा लक्षित गर्दै त्यहाँ पुग्छन। पर्यटकीय एवं धार्मिक गन्तब्य समेत बनेको छ।’

    स्याङ्जा धेरै क्षेत्रमा अग्रणी स्थानमा रहेकाले धेरै सम्भवाना बोकेको जिल्ला भएको जनाउदै यहाँका पर्यटन तथा संस्कृतीलाई ध्यान दिदै अघि बढ्न सुझाव दिदै आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा संघिय सांसद राजु थापा, गण्डकी प्रदेशका पूर्वमन्त्री सीता सुन्दास, प्रदेश सांसद द्धय कल्पना तिवारी र भोजराज अर्याल, नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) , उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य दिपक लम्साल, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, महासचिव रविन केसी र लोकगायक घनश्याम रिजाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै महोत्सवले स्याङ्जाकोआर्थिक तथा ब्यवसायिक गतिबिधि चलायमान बनाउने बताउनुभयो ।

    विद्यालय स्तरिय नृत्य प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता लगायतका प्रतियोगिता हुने छन्। त्यस्तै, बाल उद्यान, औद्योगिक व्यापार मेला, सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा विक्री कक्ष, अगुवा कृषक तथा कृषी विशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधी र शैक्षिक सामग्री प्रदर्शनी, अटोमोबाइल, पर्यटन मेला तथा फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी गरिने छ भने लोक दोहोरी प्रतियोगिता हुने भएका छन।

    व्यवसायीक चेतना अभिवृद्धि, स्थानिय वस्तु तथा सेवाहरुको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमि व्यवसायीहरुलाइ प्रोत्साहन, उत्पादक र उपभोक्ताहरुको सम्बन्ध अभिवृद्धि, हस्तकला व्यवसायको खोजी, कृषि सुन्तला कफि लगायतको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धन, लोक सस्कृती संरक्षण, सूचना प्रबिधि, होम स्टे, स्थानीय खाना तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लगायतका कार्य गरिनेछ।

    सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट महिला उद्यमी विकास कोष, विपद् राहत कोष, व्यवसायीक राहत कोष स्थापना गर्ने आयोजक संघको लक्ष्य छ। महोत्सवले ८ करोड बराबरको व्यापारीक कारोबार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य छ। प्रदेश स्तरिय सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव महोत्सव फागुन १८ सम्म चल्नेछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.