स्याङ्जा ८ मंसिर । सत्य साई बाबाको एक सयऔं जन्मजयन्ती स्याङ्जामा मनाइएको छ । पुतलीबजार नगरपालिका १ स्थित सत्य साई केन्द्र स्याङ्जाले नगर संकिर्तन सहित केन्द्रमा बिबिध कार्यक्रमगरि मनाएको हो ।
केन्द्रको भवनमा आयोजित जन्मजयन्तीको अवसरमा दिप प्रज्वलन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले सत्य साई बाबाले सबै भन्दा ठूलो धर्म प्रेम र सहयोग भएको बताउनु भएको जनाउनुभयो । सत्य साई बाबाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै विश्वभर उहाको योगदानका चर्चा हुने गरेको बताउनुभयो ।
कार्यक्रममा सत्य साई केन्द्र स्याङ्जा शाखाका अध्यक्ष सन्तोषी श्रेष्ठ, पूर्वअध्यक्षहरु राजकुमारी गुरुङ (रमणी) र दयाराम पराजुली, उपााध्यक्ष सुनिता श्रेष्ठ, अमृत क्षेत्री लगायतले साई बाबाका योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
जन्मजयन्तीका अवसर पारेर साइभक्तहरुले बिहान पुतलीबजारका मुख्य बजारमा संकिर्तन सहित नगर परिक्रमागरि सत्य साई केन्द्रमा आएर बाबाको भजन किर्तन सहित केक काटेर र दिप प्रज्वलनगरी मनाइएको थियो ।
