स्याङ्जा ४ बैशाख । सात तोला ९६ लाल सुन सहित स्याङजाका ३६ बर्षिय प्रदीप अर्याललाई प्रहरीले पक्राउ गरेको छ। सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा र पाल्पाको सिमानामा रहेको राम्दी चेकपोष्टमा उनी पक्राउ परेका हुन ।
अर्याललाई बुधबार साँझे गल्याङ नगरपालिका – १ राम्दी चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बुटवलबाट स्याङ्जातर्फ आउदै गरेको ग.१ ज. ८८०९ नम्बरको सवारी भ्यानमा रहेका अर्यालसंग रहेको भ्याट बिल नभएको ७ तोला ९६९ लाल सुन जस्तो देखिने पहेंलो धातु भेटिएकाले पक्राउ गरिएको प्रहरीको भनाई छ ।
वालिङ नगरपालिका – ६ घर भएका अर्याललाई वडा प्रहरी कार्यालय वालिङ्मा राखि थपअनुसन्धान जारीरहेको बताइएको छ ।