स्याङ्जा ३ कात्तिक । स्याङ्जा प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा झण्डै २ लाख नगद सहित ७ जनालाई पक्राउ गरेको छ ।
गल्याङ् नगरपालिका १ मालुंगा स्थित गणेश बस्यालको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक कमलराज पण्डितको नेतृत्वमा खटिएको प्रहरी टोलीले १ सय ५६ पत्ती तास सहित १ लाख ९७ हजार ७ सय रुपैंया समेत नियन्त्रणमा लिएको जनाएको छ ।
गल्याङ १ बस्ने ५० बर्षिय गणेश बस्याल, ७२ का कुस्माखर न्यौपाने, ५९ का ओम श्रेष्ठ, ४२ का चुडामणी बस्याल र लोकनाथ बस्याल, ४४ का सुन्दर बस्याल र ५१ का लक्ष्मीप्रसाद बस्याल रहेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । प्रहरीले उनीहरु सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाएको जनाएको छ ।
