Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 15
    Trending
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    पुतलीबजार नगरपालिका

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    Syangja SandeshBy Syangja SandeshNovember 15, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ कात्तिक । नेकपा एमाले केन्द्रिय सचिव पद्मा अर्यालले फागुृन २१ गते यो मुलुकमा यो सरकारले चुनाव गर्न नसक्ने बताउनु भएको छ । नेकपा एमाले स्याङ्जाद्धारा शुक्रवार आयोजित जनप्रदर्शन ¥यालीपछि आयोजित जनसभालाई सम्बोधन गर्दै सचिव अर्यालले बर्तमान सरकारले चुनावका लागि वातावरण नै सृजना गर्न नसकेको दावी गर्नुभयो ।

    ‘दुई महिनासम्म सुरक्षाका खोसिएको बन्दुक ल्याउन नसक्ने सरकारले जनतामा आतंक सृजनागरि असुरक्षित गराएर चुनाव गराउन सक्छ भन्ने विश्वास गर्दैनौ ।’ अर्यालले थप्नुभयो, ‘आज जेलबाट छुटेका, भागेका वा भगाइएका कैदीहरु, केही हत्या, हिंसामा संलग्न छन। उनीहरुलाई फर्काएर जेलमा हाल्न निकम्बा सरकारले आजसम्म पनि सकेको छैंन ।’

    दलिय ब्यवस्थामा राजनीतिक दललाई पाखा फालेर नेताहरुलाई अपमान गरेर, प्रतिशोध लिएर चुनाव हुन्छ? उहाले प्रतिप्रश्न गर्नुभयो । दलिय ब्यवस्थामा दलहरुले नै चुनावमा भाग लिने हो उहाले भन्नुभयो ।जेनजीका नाममा आन्दोलनलाई हाइक्जयाक गर्ने, राजनीतिक दलहरुलाई अपमान गर्ने, प्रतिशोध साध्ने सकेदेखि कारवाही गर्नेसम्मका कार्यले देशलाई अझै संकटमा धकेल्ने उहाको भनाई छ । राजनीतिक निकासका निम्ति जेन— जीहरु पनि राजनीतिक दलहरुसंग सम्वादमा रहेको पूर्वमन्त्री समेत रहेका अर्यालले जानकारी गराउनुभयो ।

    अहिलेसम्म प्रधानमन्त्री प्रमुख नेताहरुसंग वार्तामा नबस्ने अनि चुनाव गछौं भन्दै हिड्ने कार्यले संसंकित बनाएको उहाले बताउनुभयो । ‘नेकपा एमाले लोकतन्त्रवादी पार्टी भएकाले हामी चुनावमा बिरोध गर्दैनौ । समाजको शान्ति सुरक्षा भयरहित वातावरणमा चुनाव गर्ने वातावरण बनाउनुहोस ।’

    लोकतन्त्र, जनमत, संबिधानको रक्षार्थ जहाँबाट समस्या भयो त्यहीबाट सच्चाउनु पर्छ । तसर्थ, प्रतिनिधिसभा पुनस्थार्पना गरी वास्तविक जेन—जी का एजेण्डालाई आत्मसाथ गर्दै राजनीतिक दलहरुसंग एकाकार गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो । जेन — जी हाम्रा छोराछोरी हुन उहाहरुका माग समेट्दै अघि बढ्न हामी तयार भएको उहाको भनाइ छ ।

    प्रतिगामी तत्वलाई हटाउनका लागी नेकपा एमाले अहिले सडकमा आएको जनाउदै जनताको साथ र सर्मथनमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएको सचिव अर्यालको भनाई छ । सार्वभौम सत्ता संसद जिवित रहँदा रहँदै पनि गलत तरिकाबाट बनेको वर्तमान सरकारले देशलाई असफल बनाउने उद्देश्यका साथ अघि बढीरहेको उहाले बताउनुभयो ।

    यसैगरी, नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकार असंवैधानिक रहेको भन्दै संविधानको मर्म र भावना विपरित बनेको सरकारका विरुद्धमा नेकपा एमाले जनताको बीचमा आएको बताउनुभयो । उहाले देशभरका वडादेखि स्थानीय पालिका हुदै जिल्ला स्तरीय जनसभाको आयोजना गरेको जानकारी गराउनुभयो । एमाले अध्यक्ष केपी ओलीको आवश्यकता अझै रहेको जनाउदै आउदो महाधिवेशनबाट ओलीलाई नै अध्यक्ष बनाउने बताउनुभयो ।

    गुट रहित एमाले बनाउने जनाउदै पाटीमा भाले बन्ने तर काम नगर्नेहरुलाई अब सल्लाहकारमा स्थान दिने उहाले सुनाउनुभयो । मुलुकको बिपत्तीमा सहयोग गर्नका निम्ति मंसिर ५ गते काठमाण्डौमा यूथ भोलिन्टीयर फोर्स गठन गर्ने तयारी भैरहेको जानकारी गराउनुभयो । उहाले भन्नुभयो, ‘एक सिटीका भरमा एक लाख युवा उतार्ने उदेश्य सहित फोर्स गठन गर्न लागेका छौ ।’

    सोही कार्यक्रममा एमाले केन्द्रिय सदस्य सीता सुन्दासले सम्बोधन गर्दै जेन—जी का नाउमा देशमा विध्वंस मच्चाउने, देश जलाउने, समाजलाई त्रासपुर्ण बनाउने काम नगरेको जनाउदै जेन—जी को नाममा प्रतिगामी शक्तिहरुले षडयन्त्र गरेको भन्नुभयो । जसका कारण धेरै धनजनको क्षति पुगेकोमा समेत चिन्ता ब्यक्त गर्नुभयो ।

    पुतलीबजार नगरपालिका १ स्थित सिटीहल प्रांगणमा आयोजित जनसभा भन्दा पहिला एमाले पार्टी कार्यालयबाट निस्केको सयौं कार्यकर्ता सहितको रयालीले पुतलीबजार नगरपरिक्रमा गरेर आमसभा गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    November 15, 2025

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025

    सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल

    November 15, 2025

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.