स्याङ्जा १२ असोज । एक महिनाअघि संघिय सरकारका मुख्य सचिव बन्नु भएका एकनारायण अर्याललाई आँधीखोला गाउँपालिकामा शनिवार बधाई सहित सम्मान गरिएको छ ।
आफनो पालिकामा अध्ययन गरेका बिद्यार्थी निजामति सेवाको सबैभन्दा बिशिष्ट स्थानमा पुगेको जनाउदै उहाले अध्ययन गरेका , बिद्यालय सहित गाउँपालिकाका आमनागरिकले सम्मान गरेका हुन ।
उहाले आँधीखोला गाउँपालिका — ३ को राष्ट्रिय माध्यमिक बिद्यालय पुवाडाडामा कक्षा १ देखि ७ सम्म अध्ययन गरेपछि बडा नं २ को जनप्रदिप माध्यमिक बिद्यालय चिलाउनेबासबाट २०४१ सालमा एसएलसी उत्र्तीण गर्नुभएको थियो ।
त्यसपछि उच्च शिक्षा अध्ययनसंग २०४६ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका अर्याल २०८१ भाद्र १३ गते मुख्य सचिब बनाइएको थियो । उहा मुख्यसचिव भएसंगै स्याङ्जाबासीले दोश्रो पटक मुख्य सचिव पाएका छन । यसअघि लोकदर्शन रेग्मी मुख्य सचिव हुनुभएको थियो ।
मुख्य सचिव अर्यालले गृह जिल्ला स्याङ्जाका लागी २ दिनको कार्यतालिका बनाएर आउनु भएको छ । पुतलीबजार नगरपालिका ११ मा जन्मभई आफना मामाघर आधीखोलामा एसएलसीसम्म अध्ययन गरेका अर्यालसंगै उहाका पत्नी मायादेवी अर्याल पनि आउनु भएको छ ।
गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेल, गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, उपाध्यक्ष सीता थापा, प्रजिअ सुनिता नेपाल, शिक्षक कृष्णबन्धु पौडेल लगायतले बधाई एवं सम्मान गर्नुभएको हो ।
अर्याललाईे गुरु तथा आमनागरिकका तर्फबाट पनि बधाइ सहित सम्मान गरिएको छ । राष्ट्रिय प्रावि, जनप्रदीप माध्यमिक विद्यालयले सम्मान गरेको छ । मुख्य सचिव अर्याललाई पालिका प्रवेशद्धारबाट बाजागाजाँ सहित गाउँपलिकाको भवनमा लगी सम्मान गरिएको थियो।