स्याङ्जा २९ मंसिर । नेपाल संस्थागत विद्यालय अध्यापक संघ स्याङ्जाको प्रथम जिल्ला अधिवेशन सदरमुकाममा भएको छ ।
नेपाली काग्रे्रेस गण्डकी प्रदेश उपसभापति एवं पुर्व मन्त्री मेखलाल श्रेष्ठले मानिसलाई असल असल कर्म सहितको संस्कार सिकाउन अध्यापकहरुको महत्वपूर्ण जिम्मेवारी रहने बताउनुभएको छ । असल शिक्षाले मात्र सामाजिक चेतना सहित विकास, समृद्धि हुने जनाउदै अध्यापकहरुले आ आफना काम, कर्तब्य र अधिकार बहन गर्न र गराउनु पर्नेमा जोड दिनुभयो ।
असल र सक्षम नागरिक उत्पादनका लागि सरकारी तथा संस्थागत बिद्यालय परिवारबीच सकारात्मक सम्बन्ध कायम हुनु पर्ने उहाको भनाई छ । राज्यले पनि संस्थागत र सरकारी बिद्यालयका शिक्षामा एकरुपता ल्याउन उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, जिल्ला सचिव दामोदर लम्साल, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी, २ का क्षेत्रीय सचिव फणिनारायण रेग्मी , चापाकोट नगर सभापति विक्रम सारु लगायतले नैतिक पाठयक्रम सहित ब्यवहारिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थागत विद्यालय अध्यापक सङ्घका तदर्थ समितिका अध्यक्ष डोलराज पंगेनीको अध्यक्षतामा सम्पन्न भएको सो अधिवेशनले पुनः डोलराज पंगेनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
यसैगरी, सोही भेलाले निर्वाचन क्षेत्र १ र २ बाट ५÷ ५ जना नेपाल संस्थागत विद्यालय अध्यापक संघको केन्द्रीय अधिवेशन प्रतिनिधि चयन गरेको छ । संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
