Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समुदायको लगानीमा क्षत्री समाजको बहुउद्देश्यीय भवन निर्माण
    भीरकोट नगरपालिका

    समुदायको लगानीमा क्षत्री समाजको बहुउद्देश्यीय भवन निर्माण

    Syangja SandeshBy Syangja SandeshOctober 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असोज । भीरकोट नगरपालिकामा क्षत्री समाज जिल्ला शाखा स्याङ्जाले सामुदायिक बहुउद्देश्यीय भवन निर्माण गरेको छ । समाजको अगुवाईमा झण्डै एक करोड ५१ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।

    क्षेत्री समाजको नेतृत्वमा बनेको भवनमा एक करोड ११ लाखभन्दा बढी रकम समुदायस्तरबाटै स्वतःस्फूर्त रुपमा संकलन भएको अध्यक्ष मीनबहादुर केसीले जानकारी दिनुभयो । भवन निर्माणमा १६ जनाले एक लाख भन्दा बढी, २८ जनाले ५० हजार भन्दा बढी र ५७७ जनाले ५ हजार भन्दा बढी सहयोग गरेका छन् ।

    भीरकोट नगरपालिका–१ मुख्यबजार बयरघारीस्थित पुलको मुखमा बनेको आधुनिक भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । गएको वर्ष २०८१ को घटस्थापनाका दिन शिलान्यास गरिएको भवन एक वर्षमै निर्माण सम्पन्न भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

    सात हजार १६५ वर्गफिट क्षेत्रफलको एकतले सभा भवनमा करिब एक हजार जनाको क्षमता रहेको छ । भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष, कार्यालय कक्ष, भान्साकक्ष र शुद्ध खानेपानीको सुविधा छ । भवनमै पुजाआजाकोलागि हवनकुण्ड पनि निर्माण गरिएको छ ।

    भवनलाई धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक कार्यक्रमकालागि बडदशै २०८२ को अवसरमा सञ्चालनमा ल्याइएको हो । भवनमा योगा, जिम र बास्केटबल कोर्टको सुविधाथप्ने तयारी गरिएको समाजले जनाएको छ ।

    भवन निर्माणमा समुदायसँगै भीरकोट नगरपालिकाले १० लाख रुपैयाँको सहयोग गरेको छ । समुदायकै सहयोगमा बनेको भवनले सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने स्थानीयले विश्वास गरेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.